बागमती प्रदेश लिग : फाइनलमा काठमाडौँ र दोलखा भिड्ने
हेटौँडा । बागमती प्रदेश लिग फुटबल प्रतियोगिताको फाइनलमा काठमाडौँ र दोलखा भिड्ने भएका छन् । पुस २० शनिबार हुने प्रतियोगिता अन्तर्गतको फाइनल खेलमा काठमाडौँ र दोलखा भिड्ने निश्चित भएको हो ।
फाइनल खेल शनिबार २ बजे हेटौँडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुनेछ । यसअघि बिहीबार सम्पन्न सेमिफाइनल खेलमा काठमाडौँले ललितपुरलाई पराजित गरेसँगै काठमाडौँ फाइनलमा प्रवेश गरेको हो भने बुधबार सम्पन्न सेमिफाइनल खेलमा दोलखाले सिन्धुलीलाई हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।
दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिताको सेमिफाइनल खेलमा काठमाडौँको चित्लाङ फुटबल क्लबले ललितपुर फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । काठमाडौँको तर्फबाट पहिलो हाफको ३ मिनेटमा यमन महर्जनले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ४२ औँ मिनेटमा ललितपुरका तर्फबाट रामकृष्ण चौधरीले गोल गर्दै खेललाई १÷१ गोलको बराबरी पुर्याएका थिए ।
खेलको ४८ औँ मिनेटमा काठमाडौँका महर्जनले पुनः गोल गर्दै टिमलाई २–१ को अवस्थामा उभ्याएका थिए । दोस्रो हाफको सुरुवातमा पछि परेको ललितपुर सो पश्चात खेलमा फर्कन सकेन । खेलको ६६ औँ मिनेटमा काठमाडौँका तर्फबाट सुजित बुढाथोकीले गोल गर्दै अग्रता दोब्बर गरे । सो पश्चात ललितपुरले खेलमा पुनरागमन गर्न नसकेपछि हार व्यहोर्न बाध्य भएको हो । खेलको म्यान अफ द म्याच काठमाडौँका महर्जन घोषित हुँदै ३ हजार रुपैयाँको नगदसहित ट्रफी प्राप्त गरे ।
प्रदेशका १३ जिल्ला मध्ये ११ जिल्लाका ११ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेता २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरूका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण