सपथ लिनु अघि ट्रम्पले अपराधिक सजायको सामना गर्नु पर्ने
शनिबार, २० पुस २०८१, ०३ : २१
काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा दोस्रो कार्यकालका लागि सपथ लिनु पहिले अपराधिक कारनामाका लागि सजायको सामना गर्नु पर्ने भएको छ ।
शुक्रबार न्यूयोर्कका न्यायाधीश जुआन मर्चनले एक लिखत जारी गर्दै जनवरी १० मा सजाय सुनाउने आदेश गरेका छन् । जहाँ ट्रम्पले आफैं या वारेशमार्फत उपस्थिति जनाउनु पर्ने छ ।
२०१६ को राष्ट्रपति चुनावको अभियानका दौरान भुक्तानी गरेको गुप्त धन सम्बन्धका ३४ मामिलामा खारेज गर्ने ट्रम्पको प्रयासलाई पनि न्यायाधीश मर्चनले खारेज गरिदिएका छन् ।
दोस्रो कार्यकालको लागि चुनिएका ट्रम्पले आफ्नो दोषसिद्धीलाई उल्टाउनका लागि हरसम्भव प्रयास गरेका बताइन्छ । गत मे मा ट्रम्पलाई गुप्त धन भुक्तानीका सम्बन्धमा ३४ मामिलामा दोषी ठहर गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्य राजमार्गका ७ स्थानमा पूर्ण अवरोध, ४ स्थानमा एकतर्फी सञ्चालन
-
रूपान्तरणको हाइवे कि विरोधाभासको सुरुङ ?
-
तिङ्करको १ नम्बर सीमा स्तम्भमै अभिनेता खड्काको पुस्तक विमोचन
-
ट्रकमा फल्स बटम बनाई लुकाइछिपाई राखेको गाँजासहित दुई जना नियन्त्रणमा
-
डोल्पामा पहिरोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु, चार जना घाइते
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण