पर्यटकलाई मन्त्रमुग्ध बनाउने दोलखाको कालिन्चोक भगवती (तस्बिरहरू)
काठमाडौँ । दोलखा जिल्लाको कालिन्चोक गाउँपालिकामा रहेको कालिन्चोक भगवती मन्दिर धार्मिक, प्राकृतिक दृष्टिकोणले महत्त्वपूर्ण छ। विशेषगरी पुस, माघ र फागुनमा हिउँ पर्ने भएकाले कालिन्चोकको सौन्दर्य थप मनोरम बन्छ। यहाँको प्राकृतिक रमणीय दृश्यले जो–कोहीलाई मन्त्रमुग्ध बनाउँछ।
गौरीशंकर संरक्षण क्षेत्रमा पर्ने मनमोहक प्राकृतिक सौन्दर्यकै कारण केही वर्षदेखि कालिन्चोक भगवती हिन्दु धर्मावलम्बीका लागि एक प्रसिद्ध तीर्थ स्थलको रूपमा विकास हुँदै गएको छ। समुद्री सतहभन्दा तीन हजार ८ सय ४२ मिटर उचाइमा रहेको यो क्षेत्रमा दुई नदीहरू सुनकोसी र तामाकोसीको मिलनबिन्दुले थप रमणीय बनाएको छ।
कालिन्चोकको प्रमुख आकर्षण कालिन्चोक भगवती तीर्थ नै हो। कालिञ्चोकमा सबैभन्दा उच्च बिन्दुमा रहेको ठाडो पहाडको माथि कालिन्चोक भगवतीको मन्दिर छ। त्यहाँ आफैँ उत्पन्न भएको शिव–पार्वती कुण्ड मन्दिरको प्रमुख विशेषता हो। यो ठाउँमा लेक लाग्ने भएकाले यात्रुहरूले पहिले नै तयारी भएर जानुपर्छ।
किंवदन्ती अनुसार, जलकुण्डको दायाँतिर तामाको धारा भएर तामाकोसी बगेको र देब्रेतिर सुनको धाराबाट सुनकोसी बगेको मानिन्छ। मन्दिर परिसरमा परापूर्वकालमा पार्वतीले तपस्या गरेको र महादेव पार्वतीको वासस्थान रहेको पुजारीहरूले बताए।
केही वर्ष देखि सञ्चालनमा आएको केबलकारको सुविधाले अब भने भगवतीको दर्शन गर्न हिँड्नु पर्ने बाध्यता हटेको छ । कुरी बजारबाट करिब १ घण्टाको पैदल दुरीमा रहेको भगवतीको मन्दिर अब भने केबलकारमा जान सकिन्छ । तस्बिर–नेपाल फोटो लाइब्रेरी ।
_QweIbF2R3d.jpg)
_rZQqWbfnp0.jpg)
_2kVOfYAANZ.jpg)
_udXO1IpELg.jpg)
_zuMsqUhJWR.jpg)
_Pi9EJBNb7t.jpg)
_1FcbzKyaFJ.jpg)
_hH9tYgteIG.jpg)
_QZCSDbem0o.jpg)
_pypWVYOfqC.jpg)
_6DisgG8FUA.jpg)
_pWDlLjZsKx.jpg)
_zKG0KFC84y.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण