अष्ट्रेलियन समर्थकले मागे भारतीय समर्थकको भिसा, भिडियो भाइरल
सिड्नी । भारतीय क्रिकेट टोलीको अस्ट्रेलिया भ्रमणका क्रममा धेरै पटक विवाद देखिएको छ । सिड्नीमा अर्को किसिमको घटना प्रकाशमा आएको छ, जसमा भारतीयहरू विरुद्ध जातीय नारा लगाइएको थियो।
सिड्नी क्रिकेट ग्राउन्डमा भारतीयविरुद्ध यस्ता नारा लगाइयो, जसले दुई टोली र देशबिचको सम्बन्ध बिगार्न सक्छ । सिरिजको पाँचौँ र अन्तिम खेल भारत र अस्ट्रेलियाबिच सिड्नीमा जारी छ । जुन टोलीले यो खेल जित्छ, उसले बोर्डर गावस्कर ट्रफी कायम राख्नेछ। जसका कारण दुई टोलीबिच कडा प्रतिस्पर्धा र तनाव देखिएको छ ।
सिड्नीमा भारतीय टोलीलाई सधैँ ठुलो समर्थन प्राप्त हुन्छ। हजारौँ भारतीय दर्शक भारतीय टोलीलाई समर्थन गर्न स्टेडियममा आउँछन् । सिड्नी टेस्टको पहिलो दिन शुक्रबार पनि ठुलो संख्यामा भारतीय दर्शक स्टेडियममा उपस्थित थिए । उनीहरूले आफ्नो टिमलाई उत्साह थपिरहेका थिए, जुन अस्ट्रेलियाली दर्शकलाई मन परेन ।
अस्ट्रेलियाका दर्शकले भारतीय समर्थकसँग ‘भिसा खै’ भन्दै प्रश्न गर्न थाले । भिडियोमा अस्ट्रेलियाली दर्शकहरूको एक समूह भारतीयहरू तर्फ फर्केर बारम्बार ‘ह्वेर इज योर भिसा’ नारा लगाइरहेको स्पष्ट देख्न र सुन्न सकिन्छ । यो भिडियो यतिबेला भाइरल भएको छ ।
सिड्नीमा भारतीयहरूले नस्लवादको सामना गरेको यो पहिलो पटक होइन। पछिल्लो पटक बोर्डर–गावस्कर ट्रफीका क्रममा मोहम्मद सिराज र जसप्रित बुमराहले मैदानमा जातीय नाराको सामना गर्नु परेको थियो ।
त्यसपछि उनीहरुले कप्तान अजिंक्य रहाणेलाई यो कुरा बताए । रहाणेले यो मुद्दा अम्पायरसामु राखे र अन्ततः अस्ट्रेलियाले यस मामिलामा माफी माग्नुपर्ने भयो ।
Australian crowd shows how racist they are , unless they have a IPL contact. The surprising thing is that there will be Indians who will defend the Australians and you can see why we were colonized. pic.twitter.com/5yJtnQUVr2
— Arnab Ray (@greatbong) January 3, 2025
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालले भारतको भूमि मिचेको छैन : उपेन्द्र यादव
-
‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’
-
राप्रपा राजा र धर्म साट्ने पार्टी हो : दुर्गा प्रसाईं
-
देउवा–शेखर समूहको भेलामा को–को छन् सहभागी ?
-
इटहरीमा कोशीकै सबैभन्दा ठुलो सम्मेलन केन्द्र बन्ने
-
निर्वाचन परिणाम बदर भएसँगै रास्वपा कैलालीको विवाद उत्कर्षमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण