तस्बिरमा हेर्नुहोस् रविविना रास्वपाको केन्द्रीय समिति बैठक
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुई दिने केन्द्रीय समितिको बैठक काठमाडौँमा सुरू भएको छ । सभापति रवि लामिछानेको उपस्थितिविनै सुरु भएको केन्द्रीय समितिको बैठकको पहिलो दिन सहकारीसम्बन्धी अध्यादेश २०८१ र संसद्मा दर्ता भएका विधेयकमाथि छलफल हुनेछ ।
कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार आजको बैठकमा रास्वपाका केन्द्रीय सदस्यहरूबिच पार्टीको सङ्गठन संरचना, समीक्षा, रणनीति, सबलीकरण र जागरणलगायत विषयमा छलफल हुने कार्यक्रम छ । आजै स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै समसामयिक राजनीतिक छलफल र रिपोर्टिङ गर्ने कार्यक्रम तय भएको छ । बैठकको दोस्रो दिन संविधान परिमार्जन सम्बन्धमा छलफल गर्ने बताइएको छ ।
पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी तयार गरेको तालिकाअनुसार उक्त बैठकले प्रस्तावानाको व्याख्या एवं स्र्वाङ्गिण विकासको भावी रोडम्यापबारे छलफल गर्नेछ । रास्वपाको जलेश्वर बैठक र राष्ट्रिय भेलामा प्रस्तुत पार्टी सभापतिको राजनीतिक प्रतिवेदनका आधारमा पार्टीको आगामी कार्यदिशासँगै कार्यक्रम तालिकाबारे यस बैठकमा छलफल हुने बताइएको छ ।
रास्वपाको केन्द्रीय समितिमा सभापति रवि लामिछानेसहित जम्मा ६१ जना सदस्य छन् । सभापति लामिछानेलाई सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा लागेपछि पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारीमा डोरप्रसाद अर्यालले रहेका छन् ।
_rmDZxqVmWx.jpg)
_ls03fbceXF.jpg)
_Sj1btEaLE5.jpg)
_2GsqeTiQld.jpg)
_eYhK02aa6v.jpg)
_ZrvZw9fDWJ.jpg)
_eGjZZ5ak99.jpg)
_Y6DjxzcRgj.jpg)
_pX7nTGVC29.jpg)
_PzP8n0mPj0.jpg)
_vO6KycQ7ks.jpg)
_3vjqo9Y59e.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण