काठमाडौँ र ललितपुरमा सहित ४ जना मृत फेला
शनिबार, २० पुस २०८१, १९ : ३५
काठमाडौँ । काठमाडौँ र ललितपुर जिल्लासहित देशका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला परेका छन् ।
- काठमाडौँ महानगरपालिका-६ तिनचुलीस्थित निर्माणाधीन घरमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- ललितपुर, महालक्ष्मी नगरपालिका-४ ईमाडोलस्थित खाली जग्गामा सिराहा घर भएका ३५ वर्षीय कुमार तोलङ्गे शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- कैलाली, गोदावरी नगरपालिका-१२ बाङ्गेसाल बस्ने ७० वर्षीय मोहन सिंह कामी सोही ठाउँस्थित मालाखेती शाखा नहरमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- हुम्ला, सिमकोट गाउँपालिका-४ भदु खोलामा सोही गाउँपालिका-४ हिल्दुम बस्ने ३८ वर्षीय चिरञ्जीवी शाही शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण