काठमाडौँ र ललितपुरमा सहित ४ जना मृत फेला
शनिबार, २० पुस २०८१, १९ : ३५

काठमाडौँ । काठमाडौँ र ललितपुर जिल्लासहित देशका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला परेका छन् ।
- काठमाडौँ महानगरपालिका-६ तिनचुलीस्थित निर्माणाधीन घरमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- ललितपुर, महालक्ष्मी नगरपालिका-४ ईमाडोलस्थित खाली जग्गामा सिराहा घर भएका ३५ वर्षीय कुमार तोलङ्गे शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- कैलाली, गोदावरी नगरपालिका-१२ बाङ्गेसाल बस्ने ७० वर्षीय मोहन सिंह कामी सोही ठाउँस्थित मालाखेती शाखा नहरमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- हुम्ला, सिमकोट गाउँपालिका-४ भदु खोलामा सोही गाउँपालिका-४ हिल्दुम बस्ने ३८ वर्षीय चिरञ्जीवी शाही शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राक्सिराङमा बोलेरो दुर्घटना : ९ जना घाइते, ६ जनाको अवस्था गम्भीर
-
कोशी प्रदेश सभाका अधिकांश सांसद भ्रमणमा व्यस्त, संसदीय गतिविधि ठप्प
-
भारत पाकिस्तान तनाव : कश्मीरका विद्यालय बन्द, परीक्षा स्थगित
-
तीन तलामाथिबाट खसेर वृद्धाको मृत्यु
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
कञ्चनपुर–कमला सडक विस्तारः लहानमा ‘ओभरपास’ निर्माण थालियो