बेवारिसे स्कार्पियो गाडी गौर भन्सारमा बुझाइयो
रौतहट । रौतहटस्थित प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेको भारतीय नम्बरको स्कार्पियो गाडी जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले विआर ०१ पी एल ९३८३ नम्बरको बेवारिसे सेतो रङ्गको स्कार्पियो गाडी ३० लाख रुपैयाँ मूल्याङन गरी आवश्यक कारबाहीको लागि भन्सारमा बुझाएको जनाएको छ ।
भन्सार छलीको स्कार्पियो गाडी चलाइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले खोजतलास गर्दै जाँदा गत साउन ४ गते दुर्गा भगवती गाउँपालिका ३ स्थित सडक छेउमा उक्त गाडी बरामद गरेको थियो।
पटक पटक सूचना जारी गर्दा पनि ५ महिनाको अवधिमा उक्त भारतीय नम्बरको स्कार्पियो गाडीको हक दाबी गर्ने प्रहरीको सम्पर्कमा आउँदा बाध्य भएर गाडी भन्सारमा बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसादले बताए ।
रौतहट जिल्ला अन्तर्गत २८ किलोमिटर लामो सिमाना भारतसँग जोडिएको र सदियौँ देखि दुई देशबिच रोटी बेटीको सम्बन्ध रहिआएकाले यहाँ भारतीय नबरको गाडी आउजाउ हुँदै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण