विराट एक्स्पो माघ ११ गतेदेखि
मोरङ । उद्योग संगठन मोरङको आयोजनामा आगामी माघ ११ गतेदेखि २० गतेसम्म विराटनगरको ड्र्ग्री क्याम्पस परिसरमा विराट एक्स्पो २०२५ आयोजना हुने भएको छ । डिजिटल कोशी, ब्रिजिङ इनोभेसन एण्ड इन्भेस्टमेन्ट भन्ने नारा सहित आयोजना हुन लागेको एक्स्पोको बारेमा जानकारी गराइएको थियो ।
सो एक्स्पोमा २६८ वटा स्टल रहने आयोजकले जनाएको छ । एक्स्पोमा विराटबजार बिटुबि, स्टार्टअप भिजन कोशी ह्याकाथन, रोजगार कोशी, व्यावसायिक सेवा प्रदायक, सूचना, शिक्षा तथा डिजिटल प्रविधि, अटोमोबाइल्स, औद्योगिक, कर्पोरेट, कृषि, पर्यटन तथा एसएमईज, खाद्य र प्रायोजक गरी ९ वटा पभिलियन रहने छन् ।
रोजगार कोशी पभिलियन अन्तर्गत युवाहरूलाई करिअर काउन्सिलिङ गर्दै हस्पिटालिटी, आईटी र इलेक्ट्रिकलका क्षेत्रमा एक्स्पो अवधिमा १,८०० जनालाई प्रत्यक्ष तालिम दिइने छ भने विद्यार्थीहरूका लागि गाइडेड टुरको व्यवस्था गरिएको जनाएको छ । मुलुककै अर्थतन्त्र शिथिल भइरहेको बेला आयोजना गर्न लागिएको एक्स्पोले यस क्षेत्रमा अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै उद्यम र उद्यमशिलता प्रति आकषिर्त गराउने उद्देश्य लिइएको उद्योग संंगठन मोरङका अध्यक्ष राकेश सुरानाले जानकारी दिए ।
एक्स्पोका क्रममा उद्यमशीलता विकासको सन्दर्भमा नीतिगत, कानुनी र प्रक्रियागत विषयमा संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारका साथै विषयगत विज्ञहरू र बहुपक्षीय सरोकारवालाहरूको सहभागितामा छलफल हुने बताइएको छ । करिब ३ करोड खर्चमा आयोजना हुन लागेको सो एक्स्पो करिब २ लाख दर्शकहरूले अवलोकन गर्ने विराट एक्स्पो २०२५ का संयोजक भोलेश्वर दुलालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायिक समाचार सम्प्रेषणमा थप अध्ययन, सावधानी र जिम्मेवारी आवश्यक: प्रधानन्यायाधीश
-
टीकापुर क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा प्रयोगमा ल्याइने : मन्त्री पोखरेल
-
स्थानीय सरकारका बजेट : बाली हेरालुदेखि विवाह र सन्तान भत्तासम्म
-
अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती
-
फ्रान्स र नर्वेको हुनेछ रोचक भिडन्त, उरुग्वे र स्पेनमा को बलियो ?
-
मनसुन कमजोर हुँदा वर्षा औसतभन्दा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण