एसी मिलान इटालियन सुपरकप च्याम्पियन, लगातार चौथो उपाधि जित्ने इन्टरको सपना चक्नाचुर
मङ्गलबार, २३ पुस २०८१, ०४ : ४०
काठमाडौं । इटालियन सुपर कपको उपाधि एसी मिलानले जितेको छ । सोमबार राति रियादमा भएको फाइनलमा एसी मिलानले लगातारको विजेता इन्टर मिलानलाई ३-२ ले हराउँदै उपाधि जितेको हो ।
योसँगै इन्टर मिलानको लगातार च्याम्पियनको यात्रामा पूर्णविराम लागेको छ । इन्टर लगातार चौथो पटक च्याम्पियन बन्ने योजनाका साथ मैदान उत्रिएको थियो । यद्यपि, उसले निर्णायक खेलमा दुई गोल भन्दामाथि स्कोर गर्न सकेन ।
यसका लागि लुटारो मार्टिनेज र मेहदी तारेमीले मात्रै गोल गरे । जुन जितका लागि पर्याप्त भएन । जवाफमा एसी मिलानका थियो हर्नान्डेज, क्रिश्चियन पुलिसिक र टेमी अब्राहमले गोल गर्दै टोलीलाई ट्रफी दिलाए । योसँगै एसी मिलानले इन्टरसँग सुपरकप (आठौं पटक) जितेको रेकर्ड बराबरी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा १०९ किलो गाँजासहित दुई जना पक्राउ
-
डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह
-
तीन वर्ष यता अरबौँ रुपैयाँ बराबर खरबुजाको बिउ आयात, कहाँ हुन्छ खपत ?
-
अछाममा जबरजस्ती करणीको आरोपमा रुकुम पश्चिमका एक युवक पक्राउ
-
नदीजन्य पदार्थ बिक्री वितरण गर्न रोक
-
नारायणीमा एक वर्षमा साढे छ किलोमिटर तटबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण