एकाबिहानै भूकम्प: प्रधानमन्त्रीद्वारा सतर्क रहन आग्रह
मङ्गलबार, २३ पुस २०८१, ०७ : २४
१

काठमाडौँ । एकाबिहानै भूकम्पको धक्का गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सतर्क रहन आग्रह गरेका छन् ।
‘शुभप्रभात ! हिजोआज विभिन्न भागमा ससाना भूकम्पका धक्का आइरहेका छन् । सबै सतर्क रहनु होला, सुरक्षित रहनु होला’, प्रधानमन्त्रीले मंगलबार आफ्नो फेसबुकमार्फत भनेका छन् ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहानको भूकम्प चीन केन्द्रबिन्दु भएर गएको जनाएको छ ।
बिहान ६ बजेर ५० मिनेट जाँदा सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो ।
भूकम्पको धक्का काठमाडौँसम्म महसुस भएको छ । यस्तै अन्य जिल्लामा पनि महसुस भएको छ । बिहानै शक्तिशाली भूकम्पको धक्का गएपछि काठमाडौँबासी होहल्लासहित घरबाहिर निस्केका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
अझै सकिएन धरहराको पूर्ण निर्माण, अवशेषलाई झनै बेवास्ता !
-
आईपीएल क्रिकेट : वर्षाका कारण खेल रद्द भएपछि कोलकाताको प्लेअफ सम्भावना समाप्त
-
इटालियन सिरी’ए मा एटलान्टा विजयी
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
बुण्डेस लिगाको उपाधि उचाल्दै बायर्न म्युनिखले गर्यो जिनको सुखद अन्त्य