चीन केन्द्रबिन्दुको भूकम्पले नेपालका कुन–कुन जिल्लामा कडा धक्का ?
काठमाडौँ । मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर गएको भूकम्पले विभिन्न ९ जिल्लामा कडा धक्का महसुस भएको छ । नेपालबाट औसत दुरी ९० किलोमिटर टाढा भएको उक्त भूकम्पबाट कोशी, मधेस, बागमती प्रदेशका जिल्लाहरुमा धक्का महसुस भएको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । तर, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशमा भूकम्पको धक्का महसुस नभएको केन्द्रको भनाइ छ ।
७ लोकल म्याग्निच्युडको उक्त भूकम्पको सङ्खुवासभा, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, धनकुटा, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु र पाँचथर जिल्लामा कडा धक्का महसुस भएको केन्द्रले जनाएको छ ।
यसबाहेक इलाम, झापा, सुनसरी, मोरङ र उदयपुरमा सामान्य धक्का महसुस भएको केन्द्रले जनाएको छ ।
कडा धक्का महसुस भएको जिल्लामा हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन । तर केही स्थानमा भवनहरू चर्किएको विवरण भने प्राप्त भएको छ ।
तिब्बतको डिंगे काउन्टी केन्द्रबिन्दु भएर बिहान ६ बजेर ५० मिनेटमा उक्त भूकम्प गएको थियो । भूकम्पबाट चीनमा भने ३६ जनाको मृत्यु भइसकेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण