विश्वकपपछि फ्रान्सेली टोली छोड्दै प्रशिक्षक डिडियर डेसच्याम्प्स
काठमाडौँ । एक दशकभन्दा लामो समयदेखि फ्रान्सेली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएका डिडियर डेसच्याम्प्सले अर्को वर्ष यो जिम्मेवारीबाट बिदा लिने बताएका छन् ।
५६ वर्षीय डेस च्याम्प्सले सञ्चारकर्मीसँगको कुराकानीमा यस्तो बताएका हुन् । उनले सन् २०१२ देखि फ्रान्सेली फुटबल टोली सम्हाल्दै आएका छन् । उनी फ्रान्सेली टोलीका पूर्वखेलाडी पनि हुन् ।
डेसच्याम्प्सले सन् २०२६ को फिफा विश्वकपपछि प्रमुख प्रशिक्षकको जिम्मेवारीबाट बिदा लिने बताएका हुन् । उनको नेतृत्वमा फ्रान्सले विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।
सन् २०२२ मा सम्पन्न फिफा विश्वकपमा फ्रान्सेली टोली उपविजेता बनेको थियो । त्यो विश्वकपको फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराएको थियो ।
त्यसअघि, डेसच्याम्प्सकै प्रशिक्षकत्वमा फ्रान्सले सन् २०१८ मा फिफा विश्वकपको उपाधि उचालेको थियो । त्यो विश्वकपको फाइनलमा फ्रान्सले क्रोएसियालाई ४–२ गोलले हराएको थियो ।
यसै गरी, प्रशिक्षक डेसच्याम्प्सले फ्रान्सलाई सन् २०२१ मा यूईएफए नेसन्स लिगको उपाधि पनि चुमाएका थिए । त्यो प्रतियोगिताको फाइनलमा फ्रान्सले स्पेनलाई २–१ गोलले हराएको थियो ।
डेसच्याम्प्स पहिले खेलाडी र त्यसपछि प्रशिक्षकको भूमिकामा फ्रान्सलाई अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा महत्त्वपूर्ण उपलब्धि दिलाउने प्रभावशाली व्यक्तित्व हुन् ।
‘मैले यो जिम्मेवारीमा निकै लामो समय बिताएँ । अब सन् २०२६ को विश्वकपपछि फ्रान्सेली टोलीको प्रशिक्षकको जिम्मेवारीबाट बिदा लिने योजना बनाएको छु,’ उनले भनेका छन् ।
सन् २०२६ को फिफा विश्वकप क्यानडा, मेक्सिको र अमेरिकामा संयुक्त रूपमा आयोजना हुँदैछ । जुन ११ देखि जुलाई १९ सम्म चल्ने उक्त विश्वकपमा ४८ वटा टोलीको सहभागिता रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर रिफर
-
विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान, साउन ८ गतेसम्म आवेदन दिन सकिने
-
ट्रम्पद्वारा इरानको बन्दरगाहमा नाकाबन्दी, अर्को साता विद्युत गृह र पुलहरूमा आक्रमण गर्ने चेतावनी
-
कर्णालीमा कांग्रेसका मन्त्रीहरूले राजीनामा दिन लागेका हुन् ?
-
बाह्रकिलो बजारका घरटहरा स्वःस्फुर्त खाली
-
पछिल्ला वर्षमा कानुन निर्माणको गति सुस्त भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण