चिसोका कारण उदयपुरका विद्यालयमा विद्यार्थी घटे
उदयपुर । चार दिनदेखि व्यापक चिसो बढेर शीतलहर सुरू भएसँगै उदयपुरमा जनजीवन प्रभावित भएको छ । चिसो बढेपछि विभिन्न विद्यालयमा खासगरी आधारभूत तहका विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून हुँदै गएको सम्बन्धित विद्यालयका शिक्षकहरू बताउँछन् ।
त्रियुगा, चौदण्डीनढी नगरपालिकासहितका विद्यालयमा सरकारी तथा निजी विद्यालयका साना कक्षाका विद्यार्थी चिसोका कारण प्रभावित भई विद्यालयमा न्यून उपस्थित हुन थालेको त्रियुगा–१ जोगीदह जनता माविका शिक्षक देवन राईले बताए। त्रियुगा–११ पिसजोन स्कुलका शिक्षक भूपेन्द्र थापाका अनुसार कक्षा ४ भन्दा तल्ला तहका विद्यार्थी चार दिनदेखि चिसो बढेर शीतलहर सुरू भएसँगै २५ प्रतिशतमात्र उपस्थिति भएको शिक्षक थापाले बताए ।
यस्तै, चौदण्डीगढी–९ हँडियास्थित जनता माविका शिक्षक बाबुनारायण चौधरीका अनुसार ह्वात्तै चिसो बढेर शीतलहरसमेत सुरू भएका कारण विद्यालयमा अध्ययन गर्ने साना कक्षाका विद्यार्थी चिसोबाट नकारात्मक प्रभावमा परेका कारण विद्यालयमा न्यून उपस्थिति हुन थालेको छ ।
त्रियुगा नगरपालिका–१३ पोर्ताहका रामदेव चौधरीले शीतलहर र हुस्सुसमेत सुरू भएकाले घरका नानीहरू विद्यालय जान सक्ने अवस्था नरहेकाले दिनभर घरमा नै न्यानो लुगा ओढेर बस्न थालेको बताए । चिसो बढेकाले नानीहरूलाई विद्यालय पठाइयो भने असर गर्ने भन्दै अभिभावकहरूले विद्यालय पठाउन छाडेका छन् ।
चार दिनदेखि उदयपुरको तराई क्षेत्र त्रियुगा, बेलका, चौदण्डीगढी र कटारी नगरपालिका क्षेत्रमा शीतलहरसँगै जनजीवन प्रभावित भएको स्थानीय बताउँछन् । अत्यधिक चिसो बढ्दै गएपछि नगर क्षेत्रका वृद्धवृद्धासमेत घरभित्र आगो तापेर बस्न बाध्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजमार्गमा भएका अतिक्रमण हटाउन निर्देशन
-
सर्वोच्च अदालतले इजलासको ‘लाइभ स्ट्रिमिङ’का लागि कार्यविधि बनाउँदै
-
विश्वकपको नकआउट समीकरण : अघिल्लो चरणमा पुग्न कसलाई कस्तो नतिजा आवश्यक छ?
-
साउनदेखि ट्राफिक कारबाहीमा कडाइ
-
नेपाली सेनासँग सशङ्कित, ‘सुपर पावर’ ले चलाएको सङ्केत
-
राजेन्द्र राईले भने, ‘नेतृत्वले भुइँतहको वास्तविकता सही रूपमा बुझ्न सक्नुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण