बौद्धिक पलायन रोक्न स्थानीय सेवालाई प्रदेश निजामती सेवाको अङ्ग बनाउनुपर्छ : अध्यक्ष भट्ट
शुक्रबार, २६ पुस २०८१, १४ : २९
काठमाडौँ । नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष अम्बादत्त भट्टले स्थानीय तहका विषयमा प्रदेशमा बनिरहेका कानुनले कर्मचारीलाई उत्प्रेरणा नदिएको बताएका छन् । शुक्रवार राज्य व्यवस्था समिति बैठकमा बोल्दै अध्यक्ष भट्टले सो कुरा बताएका हुन् ।
बैठकमा बोल्दै उनले बौद्धिक पलायन रोक्ने भए स्थानीय सेवालाई प्रदेश निजामती सेवाको अङ्ग बनाइनुपर्नेमा जोड दिए ।
उनले कर्मचारीको अन्तर प्रदेश सरुवाको व्यवस्था गर्नुपर्ने समेत बताए । अध्यक्ष भट्टले कर्मचारीको अधिकारमाथि अतिक्रमण गर्न नपाइने समेत बताए । उनले कर्मचारीहरूको आस्थाको आधारमा सरुवा गरिएको दुखेसो गर्दै सरुवाको दोष जति युनियनको टाउकोमा हाल्न नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण