मलद्वारभित्र लुकाएर ल्याएको सुनसहित तीन जना पक्राउ
काठमाडौँ । अवैध रूपमा भन्सार छली लैजान लागेको सुनसहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी घर भएका ३२ वर्षीय कृष्ण प्रसाद चौधरी, ३० वर्षीय मोहम्मद ईलियास र सुनसरी ईटहरी उपमहानगरपालिका-१९ घर भएका २७ वर्षीय शिव शङ्कर चौधरी रहेका छन् ।
हिमालय एयरलाइन्सको उडानद्वारा दोहाबाट काठमाडौँ आएका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा मलद्वारभित्र लुकाई छिपाई भन्सार छली लैजान लागेको सुन फेला पारी पक्राउ गरेको हो । प्रहरीले कृष्ण प्रसादको साथबाट करिब ५८.३३ ग्राम तौलको सिक्री १ थान, मोहम्मदको साथबाट करिब ५८.३३ ग्राम तौलको सिक्री १ थान र शिव शङ्करको साथबाट करिब ५८.३३ ग्राम तौलको सिक्री १ थान बरामद गरेको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
-
‘इजरायली ‘दण्डहीनता’ भावी प्यालेस्टिनी राज्यको लागि खतरा’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण