डोनाल्ड ट्रम्पको ह्वाइटहाउस प्रवेशअघि बाइडेनले गरे आफ्नो बचाउ
काठमाडौं । डोनाल्ड ट्रम्पको ह्वाइटहाउस प्रवेशअघि निवर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो विदेश नीतिको बचाउ गर्दै अन्तिम भाषण गरेका छन् ।
सोमबार विदेश विभागमा गरेको सम्बोधनका क्रममा बाइडेनले वैश्विक मञ्चमा एक पटक अमेरिकालाई स्थापित गर्न, मानवअधिकारमा केन्द्रित विदेश नीतिलाई अगाडि बढाउन र गठबन्धनलाई एक जुट गर्न आफुले गरेको बाचा पूरा भएको बताए ।
बाइडेनले भाषणमा, ‘हामी एक विभक्ति विन्दुमा छौँ । शीत युद्धपछिको युग समाप्त भएको छ । एक नयाँ युग शुरु भइसकेको छ’ भने । यी चार वर्षमा आफुहरुले ठूलो चुनौति एवं परीक्षाको घडी पार गरेको जिकिर उनले गरेका छन् ।
तर, आलोचकहरुले भने बाइडेन प्रशासनलाई कयौँ अवस्थामा खराब अंक दिएका छन् । विशेषगरी गाजा क्षेत्रमा आक्रमण गरिरहेको इजरायलको पक्षमा देखिएको अमेरिकी समर्थनलाई लिएर बाइडेन प्रशासनको व्यापक आलोचना भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपान्तरणको हाइवे कि विरोधाभासको सुरुङ ?
-
तिङ्करको १ नम्बर सीमा स्तम्भमै अभिनेता खड्काको पुस्तक विमोचन
-
ट्रकमा फल्स बटम बनाई लुकाइछिपाई राखेको गाँजासहित दुई जना नियन्त्रणमा
-
डोल्पामा पहिरोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु, चार जना घाइते
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
असन्तुष्ट छ रास्वपाभित्रको मधेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण