संस्कृति र परम्परालाई आर्थिक उपार्जनसँग जोड्नुपर्छ : प्रदेश प्रमुख देवकोटा
मङ्गलबार, ०१ माघ २०८१, ०७ : ३९
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मौलिक परम्परा र संस्कृति जगेर्ना गर्नुपर्ने बताएका छन् । उनले राज्यको सम्पत्ति रूपमा रहेको संस्कृति परम्पराको संरक्षण गर्दै समृद्धिको यात्रा तय गर्नु पर्ने बताए ।
माघे सङ्क्रान्ति (माघी) पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख देवकोटाले मौलिक पहिचान बोकेका हाम्रा चाडपर्वहरू हाम्रा खुसी जीवनका आधार रहेको बताए । विकास र समृद्धिको यात्रामा संस्कृति र परम्परालाई आर्थिक उपार्जनमा जोड्न सक्नुपर्ने उनको भनाई छ ।
नेपालमा मनाइने पर्वहरूले सामाजिक र राष्ट्रिय एकता, मेलमिलाप, सद्भाव र सहिष्णुता कायम गर्न योगदान दिइरहेको उनले बताए । नेपाल र नेपालीको पहिचानको रूपमा रहेको संस्कृति परम्परालाई संरक्षण र प्रवर्द्धन गर्नु अहिलेको आवश्यकता रहेको उनले औँल्याए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा समूहको निष्कर्ष : पार्टीमा एकताकाे सम्भावना ९९ प्रतिशत सकियाे
-
संवादहीनता तोड्दै प्रधानमन्त्री शाह, निरन्तर छलफलमा
-
साल्ट ट्रेडिङले भन्याे– मल आपूर्तिमा कर प्रणाली र पारवहन समस्या मुख्य चुनौती
-
रासायनिक मलको आपूर्ति र वितरणमा देखिएको विरोधाभासप्रति संसदीय समितिमा प्रश्न
-
अमेरिकी आक्रमण तीव्र बनेसँगै फेरि अन्योल र चिन्तामा इरानी नागरिक
-
भीष्मराज भन्छन् : थाहा छैन कहाँदेखि चल्दैछ बालेन सरकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण