‘विश्वकप जित्दा युवराजको ज्यान गएको भए पनि मलाई गर्व हुने थियो’
_E9VykheI21.png)
मुम्बई । योगराज सिंहले छोरा युवराजको बारेमा कुराकानी गर्दै सन् २०११ को विश्वकपमा आफ्नो छोराको मृत्यु भएको भए पनि गर्व हुने बताएका छन् ।युवराज त्यतिबेला क्यान्सरसँग लडिरहेका थिए । उनलाई रगत बान्ता भइरहेको थियो, तर पनि उनी ब्याटिङ र फिल्डिङ गर्न मैदानमा आएका थिए ।
विश्वकपपछि युवराजलाई क्यान्सर भएको खुलासा भएको थियो । युवराजले भारतले प्रतियोगितामा आठ इनिङ्समा ९०.५० को औसत र ८६.१९ को स्ट्राइक रेटमा ३६२ रन बनाए, जसमा चार अर्धशतक र एक शतक रहेको थियो। उनले ९ इनिङ्समा ५.०२ को इकोनोमीमा बलिङ गर्दै १५ विकेट पनि लिए।
उनी प्रतियोगितामा चार पटक प्लेयर अफ दि म्याच भए । उनी प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्ट समेत घोषित भए ।
एक अन्तर्वार्तामा उनले कपिल देवसँगको आफ्नो सम्बन्धबारे खुलासा गरेका थिए कि उनी एक पटक उनलाई गोली हान्न पिस्तोल लिएर उनको घर गएका थिए ।
युट्युबर समदीशलाई दिएको एक अन्तर्वार्तामा एउटा घटना खुलासा गर्दै योगराज सिंहले भने, ‘जब कपिल देव उत्तर जोन र हरियाणाको कप्तान बने, तब उनले मलाई बिना जानकारी टिमबाट हटाए । मेरी श्रीमतीले कपिललाई टोलीबाट हटाउने विषयमा प्रश्न सोध्न चाहन्थिन् । मलाई निकै रिस उठ्यो । म आफ्नो पेस्तोल निकालेर चण्डीगढको सेक्टर ९ मा रहेको कपिलको घर पुगेँ । त्यतिबेला कपिलकी आमासँगै घरबाट निस्किइन् । मैले उनीहरूलाई गाली गरेर फर्किएँ।’
योगराजले कपिल देव र बिसन सिंह बेदीको राजनीतिका कारण क्रिकेट छोड्ने निर्णय गरेको आरोप लगाए ।