निर्वाचनमा हस्तक्षेप गरेको मामिलामा ट्रम्पमाथि चल्न सक्थ्यो अभियोग

वासिङ्टन डिसी । अमेरिकामा राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पमाथि अभियोग लाग्न सक्थ्यो । दोहोर्याएर उनले राष्ट्रपतिको निर्वाचन नजितेको भए सन् २०२० को राष्ट्रपतिको नतिजा उल्ट्याउने अवैध कोसिसका लागि उनले अभियोग खेप्न सक्ने कंग्रेसलाई बुझाएको एक प्रतिवेदनमा अमेरिकी न्याय मन्त्रालयले भनेको छ ।
उपलब्ध प्रमाणहरू बाइडेनलाई अभियोग लगाउन पर्याप्त भएको विशेष पार्षद् ज्याक स्मिथले बुझाएको १३७ पृष्ठको उक्त प्रतिवेदनमा भनिएको छ ।
निर्वाचनमा चलखेलको मुद्दाबारे तयार पारिएको प्रतिवेदन जारी गर्न न्यायाधीश एलिन क्याननले अनुमति दिएपछि प्रतिवेदनको पहिलो दुई हिस्सा कंग्रेसलाई पठाइएको थियो ।
वर्गीकृत सरकारी कागजपत्र ट्रम्पले गैरकानूनी रुपमा राखेको आरोपमाथि प्रतिवेदनको हिस्सा जारी गर्ने कि नगर्ने भन्नेबारे उनले यही हप्ताको अन्त्यतिर अर्को सुनवाइ गर्न भनेकी छिन् ।
ट्रम्पले जनवरी २० मा राष्ट्रपतिको शपथ ग्रहण गर्दैछन् । न्याय मन्त्रालयमा ट्रम्प विरुद्धको संघीय फौजदारी मुद्दा हेरिरहेको विशेष पार्षद् स्मिथले गएको हप्ता आफ्नो पदबाट राजीनामा दिएका थिए । स्मिथ विचलित भएको र उनले फेला पारेका तथ्य झूटा भएको ट्रम्पले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर घरजग्गा कारोबार : माघमा तीन अर्ब ८७ करोड राजस्व सङ्कलन
-
सूर्यनारायणको बार आज कसलाई कति लाभदायी ? हेरौं राशिफल
-
आज यस्तो छ विदेशी मुद्राको मूल्य ?
-
युक्रेन युद्ध अन्त्यको पहल समेत साउदीबाटै हुने
-
पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावककै बर्चस्व
-
बुण्डेस लिगामा बायर्न म्युनिख र बायर लिभरकुजेन गोलविहिन