प्रिमियर लिगमा शीर्ष क्लबहरुलाई फेरि झट्का
बुधबार, ०२ माघ २०८१, ०५ : ००
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा शीर्ष क्लबहरुलाई फेरि झट्का लागेको छ । मंगलबार राती भएका चार मध्ये तीन खेल बराबरीमा टुंगिए । जसमा शीर्ष स्थानको लिभरपुल, चौथो स्थानको चेल्सी र छैठौं स्थानको म्यान्चेस्टर सिटी बराबरीमा रोकिए ।
शीर्ष स्थानको लिभरपुललाई नटिङघमले १-१ को बराबरीमा रोक्दा चौथो स्थानको चेल्सीलाई बर्नमथले २-२ को बराबरीमा रोक्यो । पछिल्लो समय लयमा फर्किएको म्यान्चेस्टर सिटीलाई भने ब्रेन्टफोर्डले २-२ को बराबरीमा रोक्दै अंक खोस्यो ।
शीर्ष स्थानको चेल्सीसँग एक अंक खोसेको नटिङघम एक अंकको अन्तरले अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने लिभरपुल ४७ अंकका साथ शीर्ष स्थानमा यथावत छ । आर्सनल भने ४० अंकका साथ तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण