ओखलढुङ्गा पत्रकार समाज विधिवत् दर्ता
काठमाडौँ । ओखलढुङ्गा पत्रकार समाज विधिवत् रूपमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता भएको छ । प्रेस काउन्सिल नेपालका पूर्व बोर्ड सदस्य तथा कौशिकी साहित्यिक द्वैमासिकका प्रधान सम्पादक चेतनाथ धमलाको अध्यक्षतामा १३ सदस्य कार्यसमिति गठन गरिएको सो समाजको उपाध्यक्षमा गोरखापत्रका डिजिटल प्रमुख एवं निमित्त कार्यकारी सम्पादक नारदमुनि गौतम, नेपाल टेलिभिजनका समाचार सम्पादक सलोजा दाहाल रहेका छन् ।
यसैगरी महासचिवमा नेपाल समाचारपत्र दैनिकका राजनीतिक ब्युरो प्रमुख एवं देशको आवाज डटकमका प्रधानसम्पादक जीवन शर्मा, सचिवमा खबरडबली डटकमका समाचार सम्पादक मनोजकुमार भट्टराई, कोषाध्यक्षमा सेभेनस्टार फोर के टेलिभिजनका प्रबन्ध निर्देशक जानुका बराल रहेका छन् ।
सदस्यहरूमा हिमालय टाइम्स दैनिकका उपसम्पादक विनोद दाहाल, राससका उपसम्पादक कुम्भराज राई, सुभाना मिडियाका सञ्चालकर सम्पादक शिवबहादुर विक –मिलन, स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष समेत रहेका गोरखापत्र दैनिकका सरोज ढुङ्गेल, सुनकोसी सन्देशका प्रधान सम्पादक युवराज पहाडी, आदर्शखबरका अध्यक्ष तथा सञ्चालक टीकादास श्रेष्ठ र थाहा खबर डटकमका संवाददाता श्याम राई रहेका छन् ।
यस समाजको सल्लाहकारमा हिमालय टाइम्स दैनिककाका प्रधान सम्पादक बरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, प्रेस काउन्सिल नेपालका पूर्व कार्यबहाक अध्यक्ष तथा साँघु साप्ताहिकका संस्थापक गोपाल बुढाथोकी र नेपाल पत्रकार महासङ्घका निवर्तमान कार्यबाहक अध्यक्ष बाला अधिकारीलाई राखिएको अध्यक्ष चेतनाथ धमलाले जानकारी दिए ।
ओखलढुङ्गाको पत्रकारिता क्षेत्रको विकास, अग्रज पत्रकारलाई सम्मान र अनुज पत्रकारहरूको श्रीवृद्धिका लागि आवश्यक सहयोग गर्ने,ओखलढुङ्गा जिल्लाबाट काठमाडौँ लगायतका विभिन्न जिल्लामा कार्यरत पत्रकारहरूलाई एकाकार गरी जिल्लाका विभिन्न एजेन्डामा बहस पैरवी गर्ने, खोजअनुसन्धानका क्षेत्रमा काम गर्ने उद्देश्यका साथ समाजको स्थापना गरिएको संस्थाका महासचिव जीवन शर्माले बताए । समाजले पत्रकार कल्याणकारी अक्षयकोष स्थापना, विधागत पत्रकारिता पुरस्कार प्रदान लगायतका उद्देश्य समेत राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा समूहको निष्कर्ष : पार्टीमा एकताकाे सम्भावना ९९ प्रतिशत सकियाे
-
संवादहीनता तोड्दै प्रधानमन्त्री शाह, निरन्तर छलफलमा
-
साल्ट ट्रेडिङले भन्याे– मल आपूर्तिमा कर प्रणाली र पारवहन समस्या मुख्य चुनौती
-
रासायनिक मलको आपूर्ति र वितरणमा देखिएको विरोधाभासप्रति संसदीय समितिमा प्रश्न
-
अमेरिकी आक्रमण तीव्र बनेसँगै फेरि अन्योल र चिन्तामा इरानी नागरिक
-
भीष्मराज भन्छन् : थाहा छैन कहाँदेखि चल्दैछ बालेन सरकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण