बजारका अधिकांश तरकारीमा विषादी
काठमाडौँ । बजारका अधिकांश तरकारीमा विषादी पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार परीक्षण गरेको तरकारीमध्ये अधिकांशमा विषादी भेटिएको हो ।
समितिले १० वटा तरकारीको नमुना संकलन गरी विषादीको परीक्षण गर्दा ५ वटा तरकारीको नमुनामा विषादी पाइएको हो । सागजन्य तरकारीमा विषादीको मात्र भेटिएको छ । भक्तपुर क्षेत्रका पालुङ्गो, भाजी, पाकुचा र रायो सागमा विषादी भेटिएको हो । यी सागहरूमा ६१.८५० देखि ८९.०४४ प्रतिशत अगानोफस्फेट विषादीको रोकावट मात्रा भेटिएको छ । सोही विषादी मकवानपुर क्षेत्रको भाजीसँगमा ७९.४६२ प्रतिशत रोकावट मात्रा भेटिएको हो ।
बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण