फ्राईडे रिलिज : फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?
काठमाडौँ । आज शुक्रबारबाट एक बलिउड सहित तीन नयाँ फिल्म रिलिज भएका छन् । फिल्म हुन् ‘। ‘फिरफिरे फिरिरी’ र ‘एक्टर’ नयाँ नेपाली फिल्म हुन् भने ‘आजाद’ बलिउड फिल्म हो ।
फ्राईडे रिलिज अन्तर्गत तीन फिल्म देशभर एकसाथ प्रदर्शनमा आएका हुन् । यद्यपि, देशभरका सबै फिल्म यी फिल्मले मात्र पाएका छैनन् । किनभने यसअघि रिलिज भएका दुई नेपाली फिल्म ‘कार्साङ’, ‘पुर्ण बहादुरको सारंगी’ र बलिउड फिल्म ‘पुष्पा २’, ‘गेम चेन्जर’लगायतले केही स्टेशनमा अझै कब्जा जमाएर बसेको छ ।
‘फिरफिरे फिरिरी’ नवीन भट्टले निर्देशन गरेको फिल्म हो, भने ‘एक्टर’ निर्देशक मदन घिमिरे रहेका छन् । त्यस्तै हिन्दी ‘आजाद’लाई अभिषेक कपुरले निर्देशन गरेका हुन् ।
फ्राईडे फिल्म कस्ता ?
रिलिजमा आएका मध्य ‘फिरफिरे फिरिरी’ हरर र कमेडी मिश्रित फिल्म हो । हरर फिल्म हेरेर डराउने दर्शकलाई फिल्मले सहाउने बताइन्छ । फिल्म मनोज कुमार अधिकारीले निर्माण गरेका हुन् ।
फिल्ममा मनोज कुमार अधिकारी, सन्दीप श्रेष्ठ, भावना उप्रेती, रबिना केसी, शंकर शेढाइ, पुष्प अवस्थी र सूर्यमान लिम्बुको अभिनय छ । बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण भएको फिल्ममा सह–निर्माता नितिश पुन हुन्। कथा सन्दीप श्रेष्ठ र नवीन भट्टले लेखेका हुन् ।
त्यस्तै, ‘एक्टर’ युवापुस्तालाई लक्षित हौसला प्रदान गर्ने कथावस्तु समेटेर निर्माण भएको फिल्म हो । टेलिभिजन पत्रकार मनोहरी थापाको निर्माण रहेको फिल्म आधुनिक परिवेश, प्रेम, रोमान्स, थ्रिलर्स र सस्पेन विषयवस्तुले भरिएको बताइन्छ ।
फिल्ममा प्रिन्स थापा मगर, शिवानी गिरी, कशिस दाहाल, निशा केसी भण्डारी, कृष्ण मल्ल, सरोज खनाल, महेन्द्र मैनाली, शिबु शाह लगायतको अभिनय छ । सम्राट् थापाको कथा तथा सङ्गीत रहेको फिल्म नेपाल डाइस्पोरा इन्टरटेनमेन्टको व्यानरमा बनेको हो ।
यस्तै, बलिउड फिल्म ‘आजाद’मा अजय देवगन, राशा थडानी, अमन देवगन, राशा थडानी, डायना पैंटी, मोहित मालिकलगायतको अभिनय छ । फिल्मको कथा भरतमा ब्रिटीसले शासन गरेको समयको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेती नदीमा महिलाको शव फेला
-
कृषि मन्त्रालयको १०० दिने प्रगति: कार्बन व्यापारदेखि किसानको भुक्तानीसम्म
-
विश्वकपमा अर्जेन्टिनालाई विशेष सुविधा दिइँदैछ ? आरोपका पछाडि यस्ता छन् कारण
-
सुकुमबासीलाई ५ दिनभित्र हटाउने अल्टिमेटम तत्काल फिर्ता लिन सांसद हरिनादेवीको माग
-
प्रतिनिधिसभा नियमावली विपक्षीका लागि मात्रै हो कि सत्तापक्षका लागि पनि ?
-
सरकारलाई सांसदको प्रश्न : सुकुमबासी जनता हुन् कि होइनन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण