तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव चैत ६ गतेदेखि
काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट)को तेस्रो संस्करण चैत ६ गतेदेखि हुने भएको छ ।
मण्डला थिएटरको आयोजनामा हुने निटफेस्ट विश्व रङ्गमञ्च दिवसका दिन चैत १४ गते समापन हुनेछ ।
अवधारणगत रुपमा तेस्रो निटफेस्ट ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः रैथाने ज्ञानको उज्यालो’ भन्ने नाराका साथ हुने छ भने निटफेस्टले महोत्सव निर्देशकका रुपमा कलाकार दयाहाङ राईलाई चयन गरेको छ ।
मण्डला थिएटर नेपाल तथा निटफेस्ट संयोजन समूहले कलाकार राईलाई महोत्सव निर्देशकको रुपमा चयन गरेको हो । साथै महोत्सव संयोजकको रुपमा रङ्गकर्मी केदार श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।
यसपटकको निटफेस्ट काठमाडौंको मण्डला थिएटर सँगसँगै काठमाडौंबाहिर पनि विभिन्न सहरमा हुनेगरी तयारी भइरहेको आयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । महोत्सवका लागि गत जुनमा नाटक तथा कार्यक्रमको आवेदन आह्वान गरिएको थियो । प्राप्त आवेदनहरुबाट नाटक तथा कार्यक्रम छनौट कार्य पनि सकिएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा अर्जेन्टिनालाई विशेष सुविधा दिइँदैछ ? आरोपका पछाडि यस्ता छन् कारण
-
सुकुमबासीलाई ५ दिनभित्र हटाउने अल्टिमेटम तत्काल फिर्ता लिन सांसद हरिनादेवीको माग
-
प्रतिनिधिसभा नियमावली विपक्षीका लागि मात्रै हो कि सत्तापक्षका लागि पनि ?
-
सरकारलाई सांसदको प्रश्न : सुकुमबासी जनता हुन् कि होइनन् ?
-
इतिहासकै सबैभन्दा रोमाञ्चक गोल्डेन बुट दौड : कसले मार्ला बाजी ?
-
प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण