हिउँ पन्छाएर हवाई सेवा सञ्चालन
शुक्रबार, ०४ माघ २०८१, २० : ४८

हुम्ला । हिउँ पन्छाएर हुम्लाको सिमकोट विमानस्थलमा आजदेखि हवाई सेवा सञ्चालनमा ल्याइएको छ ।
विमानस्थलको धावनमार्गमा जमेका हिउँ पन्छाएर हवाई सेवा सञ्चालन गरिएको सिमकोट विमानस्थल प्रमुख महेन्द्र सिंहले बताए । बिहीबार बिहानदेखि जिल्लामा हिमपात भएको थियो ।
आज बिहान नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीले संयुक्त रूपमा विमानस्थलको धावन मार्ग, पार्किङस्थल लगायतका हिउँ पन्छाएको हो ।
हिउँ पन्छाउने बित्तिकै नेपालगन्जबाट सीता र समिट एयरले उडान भरेको विमानस्थल प्रमुख सिंहले बताए । हिमपातका कारण दुई दिनदेखि सदरमुकाम सिमकोट जोड्ने सडक अवरुद्ध छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रकृति लम्सालको मृत्युको विषयमा भारतीय दूतावास अगाडि अनेरास्ववियूको प्रदर्शन, तस्बिरहरु
-
विकास र समृद्धिका लागि दुई ठुला दलको सरकार बन्यो : गृहमन्त्री लेखक
-
युगान्डाविरुद्धको मैत्रीपूर्ण खेलका लागि क्यानद्वारा प्रारम्भिक टोलीको घोषणा
-
६१ प्रतिशत सेयरको मूल्य घट्दा पनि दोहोरो अंकले बढ्यो बजार, कारोबार १० अर्ब माथि
-
विपक्षी सांसदले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले नदिएकोमा शक्ति बस्नेतको आपत्ति
-
अध्यादेशका कन्टेन्ट प्रतिस्थापन विधेयकमार्फत सच्याउन सकिन्छ : घिमिरे