प्रकृतिसँग माफी माग्न ‘लक्ष्य हवन’
पाँचथर । बर्सेनि प्राकृतिक विपत्तिले धनजनको ठूलो क्षति गरेपछि यहाँका दुई वटा खोलाको किनारामा प्रकृतिसँग माफी माग्ने कार्यक्रम आजदेखि सञ्चालन हुँदैछ । आध्यात्मिक मान्यता तथा किम्वदन्तीहरूलाई आधार मान्दै यहाँ बग्ने हेंवा खोला र फेमे खोलाको किनारा फिदिम नगरपालिका वडा नं ४ र ११ को सीमा क्षेत्रमा लक्ष्य हवन र प्रकृति पूजा गर्न लागिएको हो ।
यी दुई खोलामा विगत दुई वर्षमा आएको बाढीले फिदिम नगरपालिका, हिलिहाङ र फालेलुङ गाउँपालिकाका तटीय क्षेत्रमा अत्यधिक क्षति पुर्याएको छ । खोलालाई अप्राकृतिक रूपमा नियन्त्रण गरिएका कारण प्रकृतिमाथि शोषण भएको ठहरका साथ माफी माग्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक समितिका अध्यक्ष तिलविक्रम इधिङ्गोले जानकारी दिए ।
“प्रकृतिको पूजा गर्ने, क्षमा पूजा गर्ने हाम्रो परम्परा नै हो । यसको निरन्तरताका लागि क्षमा पूजा गर्न लागिएको हो”, इधिङ्गोले भने, “प्रकृतिमाथिको दोहन र नियन्त्रणलाई कम गर्ने सन्देश दिनु पनि यसको उद्देश्य हो ।” आजदेखि चल्ने क्षमा पूजा तथा प्रकृतिमा पूजामा लगातार चार दिन ब्राह्मणहरूबाट पाठ हुनेछ भने त्यसपछिका तीन दिन बरूण पुराण वाचन हुनेछ ।
लक्ष्य हवन र प्रकृति पूजा हेंवा र फेमे खोलाको सङ्गमस्थलमा हुनेछ । उक्त पूजामा जम्मा एक सय ५० किलो तिलको एक लाख २५ हजार हवन हुने आयोजकमध्येका सुवराज थापाको भनाइ छ ।
उक्त पूजाको आयोजनामा कुनै पनि सङ्घ संस्थासम्बद्ध नरहेको तथा पूजाका लागि कुनै पनि रकम सङ्कलन नगरिने आयोजकको भनाइ छ । स्थानीयवासी, आध्यात्मिक क्षेत्रका व्यक्ति तथा संस्थाले पूजाको आयोजना, व्यवस्थापन तथा खानपानको व्यवस्था मिलाउने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन नसकिएपछि फेरि सर्यो प्रतिनिधि सभा बैठक
-
इरानको चेतावनी लगत्तै होर्मुजमा सिङ्गापुरको जहाजमाथि आक्रमण
-
प्रतिनिधिसभा बैठकमा आज पाँच विधेयक प्रस्तुत हुने
-
बुटवल–गोरुसिङ्गे सडकको डाइभर्सन बग्यो, वैकल्पिक सडक प्रयोग गर्न प्रहरीको आग्रह
-
भेनेजुएलामा शक्तिशाली भूकम्प : २३५ जनाको मृत्यु, ४ हजारभन्दा बढी घाइते
-
अमेरिका समूह विजेता र अस्ट्रेलिया उपविजेताका रूपमा नकआउट चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण