सदन
रास्वपा महाधिवेशन नसकिएपछि फेरि सर्यो प्रतिनिधि सभा बैठक
शुक्रबार, १२ असार २०८३, ११ : ४५
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशन नसकिएपछि प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित गरिएको छ ।
बिहीबारका लागि बोलाइएको बैठक आज दिनको १ बजेसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको थियो । आज पनि रास्वपा महाधिवेशन नसकिएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक शनिबार बिहान ११ बजेसम्मका लागि सूचना टाँसेर स्थगित गरेका हुन् ।
असार ७ गतेबाट चितवनको भरतपुरमा सुरु भएको रास्वपा महाधिवेशन अझै सकिएको छैन । २७५ सदस्यीय प्रतिनिधि सभामा रास्वपाका १८२ सदस्य छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई दशकपछि अभिनयमा फर्किए राकेश
-
काठमाडौँ महानगरले टेकु अस्पताललाई दियो १८ सय भायल रेबिजविरुद्धको खोप
-
बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार
-
लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सरकारको तयारी
-
एमालेसँग तत्काल सहकार्य सुरु हुन्छ : प्रचण्ड
-
राष्ट्रिय सभाको शून्य समयमा कसले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण