मुख्यमन्त्री सिंहले भने– संघ सरकारले प्रदेशलाई धेरै अधिकारबाट बञ्चित राख्यो

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले सङ्घ सरकारले प्रदेशलाई धेरै अधिकारबाट वञ्चित राखिएको बताएका छन् । शनिवार गृह मन्त्रालयको सहयोगमा मधेसी सहिद प्रतिष्ठानद्वारा जनकपुरको महेन्द्र नारायण निधी भवनमा आयोजित ७ औँ बलिदानी दिवसलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो बताएका हुन ।
मुख्यमन्त्री सिंहले सहिदको बलिदानीका कारण देशमा धेरै उपलब्धीहरु भएको तर संविधानमा उल्लेख भए अनुसार पाउनुपर्ने धेरै अधिकारहरू अझ नपाइएको उनको गुनासो थियो ।
उनले भने, ‘संविधानमा धेरै अधिकारको सुनिश्चित गरिएको छ, तर केन्द्र सरकारबाट त्यसको मतलब नराखी आफ्नो फाइदाअनुसार मात्र अधिकार दिने गरिएको छ । जसकारण प्रदेश सरकार पङगु बनेको छ ।’
मुख्यमन्त्री सिंहले ठुला उद्योगहरू प्रदेशले सञ्चालन गर्न नपाउने दुखेसो समेत पोखे । उनले भने, ‘किनकि यसको सङ्घ सरकारबाट स्वीकृति पाउने नीति छ, प्रदेशले साना उद्योग सञ्चालनको मात्रै अनुमति दिन पाउने व्यवस्था छ । त्यसकारण ठुला उद्योगहरू यहाँ सञ्चालन हुन सकेको छैन ।’ यस्ता धेरै विषयमा सङ्घको सरकारले प्रदेशको अधिकार कुण्ठित गरेको उनको आरोप छ ।
उनले भने, ‘हामीलाई खडा त गरिदिएको छ, तर हात, खुट्टा, मुख सबै बाँधेर राखिदिएको छ । तर पनि हामी चित बुझाइरहेका छौँ, किनकि हाम्रो संरचना त खडा भएको छ ।’ त्यसैले यो उपलब्धि नै भएको मुख्यमन्त्री सिंहको भनाइ छ ।
बलिदानी दिवसको अवसरमा मुख्यमन्त्री सिंहले यो वर्ष सहिद परिवार तथा घाइतेहरूका लागि सरकारले ३ करोड ६१ लाख रुपैयाँ छुट्ट्याएको सुनाए । उनका अनुसार शहीद परिवारलाई प्रदेश सरकारले जनही ३ लाख दिने निर्णय भएको छ ।
यसैगरी गम्भीर घाइते भएकाहरूलाई जनही २ लाख, त्यसपछिका घाइतेहरूलाई क्रमशः जनही डेढ लाख र एक÷एक लाख रुपैयाँ दिने निर्णय भएको उनले बताए । मुख्यमन्त्री सिंहका अनुसार सहिद परिवारका लागि बिमा कार्यक्रम तथा बच्चाहरूको उच्च शिक्षाका लागि छात्रवृत्तिको कार्यक्रम समेत अघि सारिएको छ ।
कार्यक्रममा सभामुख रामचन्द्र मण्डल, शिक्षा मन्त्री रानी शर्मा तिवारी, गृहमन्त्री राजकुमार लेखी, खेलकुद मन्त्री प्रमोद जैसवालसहितको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ववियु निर्वाचन बिथोल्ने मनसायले तालाबन्दी गरेको भन्दै त्रिविका ६ विद्यार्थी संगठनको आपत्ति
-
‘नेपालमा नास्तिकता प्रवर्द्धन गर्न १ सय मिलियन अमेरिकी डलर खर्च भएको कुरा छ, छानबिन होस्’
-
रुस–युक्रेन युद्ध अन्त्य गर्न साउदी अरबमा अमेरिका र रुसबिच वार्ता सुरु
-
आगामी वर्षको बजेटको ‘सिलिङ’ १९ खर्ब
-
किट विश्वविद्यालयका संस्थापकसँग राजदूत शर्माले गरे कुराकानी
-
प्रेस चौतारी गण्डकीको अध्यक्षमा पुनः इन्द्र पौडेल