'सोफा हब काठमाडौँले' बिर्तामोडमा खोल्यो आठौँ शाखा
बिर्तामोड । सोफा उत्पादक कम्पनी 'सोफा हब काठमाडौँले' झापाको बिर्तामोडमा आफ्नो आठौँ शाखा सञ्चालनमा ल्याएको छ। आइतबार उक्त नयाँ शाखाको उद्घाटन व्यवसायी दुर्गा प्रसाईँले गरे ।
बिर्तामोड शाखासँगै पूर्वमा उच्चस्तरीय सेवा प्रदानका साथै उपभोक्ताको आवश्यकता पूरा हुने कम्पनीले विश्वास लिएको छ ।
कार्यक्रममा प्रसाईँले नेपालमा स्वदेशी उत्पादनलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याए। उनले सोफा हबजस्तो स्वदेशी उद्योगले गुणस्तर युक्त उत्पादनमार्फत नेपाली उपभोक्ताको आवश्यकता पूरा गर्दै स्थानीय रोजगारीका अवसरहरू सिर्जना गरेकोमा प्रशंसा व्यक्त गरे।
सोफा र फर्निचरको दुनियाँमा 'सोफा हब बिर्तामोड' बिर्तामोड क्षेत्रकै सबै भन्दा ठुलो सोरुम भएको सोफा कम्पनी भएको छ। तीन तले सोरुममा उच्च गुणस्तरका फर्निचर तथा सोफाहरू प्रदर्शनमा राखिएका छन्। पहिलो र दोस्रो तल्लामा विभिन्न डिजाइनका सस्ता देखी महँगा सोफाहरू राखिएको छ भने तेस्रो तल्लामा फर्निचरका सामान जस्तै बेड, दराज, डाइनिङ टेबल, ड्रेसिङ टेबल, टिभी सो केस लगायतका सामान राखिएको छ।
सोफा हब काठमाडौँ तथा सोफा उत्पादक संघको अध्यक्ष रहेका तारालाल धरेलले सोफा हब काठमाडौँका हरेक शाखामा न्यूनतम १० हजार रुपैयाँदेखि अधिकतम १ लाख भन्दा माथि रोयल सोफा र फर्निचरका सामानसम्म उपलब्ध रहेको जानकारी दिए। कम्पनीले १० वर्षको वारेन्टी, शाखा भएको ५० किलोमिटर भित्र निःशुल्क डेलिभरी, र पुरानो सोफाको सट्टापट्टा सुविधा जस्ता आकर्षक सेवा प्रदान गर्दै आएको छ।
काठमाडौँको गोठाटार हाइटमा प्रधान कार्यालय रहेको कम्पनीको काठमाडौँमा गोठाटार, सामाखुसी र कलंकी गरी तिन वटा, चितवनमा २ वटा, पोखरामा एउटा, नेपालगन्जमा एउटा र बिर्तामोडमा १ गरी जम्मा ८ वटा शाखा संचालनमा छन्। सोफा हवले आफ्नै उत्पादनशालाबाट सोफा र फर्निचरका सामान उत्पादन गरी सुलभ मूल्यमा बजारमा उपलब्ध गराउँदै आएको छ भने काठमाडौँको कलंकीमा 'सोफा हब काठमाडौँ'को रोयल सोफा तथा फर्निचरको सोरुम रहेको छ।
सोफा हब काठमाडौँले १६८ जनालाई प्रत्यक्ष रोजगार र १,००० भन्दा बढीलाई अप्रत्यक्ष रोजगारी दिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण