प्रिमियर लिग : म्यान्सिटीको गोल वर्षा, म्यानयुको हार श्रृंखला जारी
सोमबार, ०७ माघ २०८१, ०१ : ३१
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले फराकिलो जित निकालेको छ । आइतबार राती भएको खेलमा म्यान्सिटीले इप्सविच टाउनको पोष्टमा ६ गोलको वर्षा गरेको हो ।
म्यान्सिटीलाई (६-०)को फराकिलो जित दिलाउन फिल फोडेनले दुई गोल गर्दा मातेओ कोभासिक, जेरेमी डोकु, जेम्स म्याकएटी र एर्लिङ हालान्डले एक–एक गोल गरे । जितसँगै म्यान्सिटी अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । उसको २२ खेलबाट ३८ अंक भएको छ ।
म्यान्सिटी विजयी हुँदा उता म्यान्चेस्टर युनाइटेड म्यानयुको भने हार श्रृंखला जारी छ । आइतबार राती म्यानयु ब्राइटनसँग ३-१ ले पराजित भयो । यस्तै, नटिङघमले साउथ ह्याम्पटनलाई ३-२ ले हराउँदा एभर्टनले टोटन ह्याम हट्स्परविरुद्ध ३-२ कै संघर्षपूर्ण जित निकाल्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण