शकिब अल हसनविरुद्ध पक्राउ पुर्जी जारी
ढाका । बंगलादेशका पूर्व कप्तान शकिब अल हसनविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । आइतबार राजधानी ढाकाको एक अदालतले बंगलादेशी अलराउन्डरलाई दुईवटा चेक बाउन्स मुद्दामा पक्राउ पुर्जी जारी गरेको हो।
यस पुर्जीमा साकिब बाहेक अन्य तीन जनाको नाम पनि समावेश छ । अवामी लिगका पूर्व सांसद साकिब शेख हसिना सरकारको पतनपछि विदेशमा बस्दै आएका छन् । करिब ६ महिनाअघि साकिबमाथि हत्याको आरोप पनि लागेको थियो ।
अदालतका मुख्य मजिस्ट्रेट जियादुर रहमानले आइतबार पक्राउ पुर्जी जारी गर्दै प्रहरीलाई मार्च २४ मा प्रतिवेदन बुझाउन आदेश दिएका थिए । साकिब कृषि फार्मका अध्यक्ष भएकाले पुर्जी जारी गरिएको उनले बताए । यसअघिको चेक बाउन्स भएको मामिलामा उनी अदालतको आदेशबमोजिम अदालतमा उपस्थित भएका थिएनन् । सोही फार्मका निर्देशक गाजी शाहगीर हुसेनविरुद्ध पनि पुर्जी जारी गरिएको छ ।
डिसेम्बर १५, २०२४ मा शकिब अल हसनको नाम चेक बाउन्स मामिलामा आयो। यसपछि डिसेम्बर १८ मा प्रारम्भिक सुनुवाइपछि अदालतले उनलाई १९ जनवरीमा हाजिर हुन आदेश दिएको थियो ।
आईएफआईसी बैंकका सम्बन्ध अधिकृत साहिबुर रहमानले बैंकका तर्फबाट साकिब र तीनजनालाई दुईवटा चेकमार्फत ४ करोड १४ लाख बंगलादेशी टका हस्तान्तरण गर्न नसकेको आरोप लगाउँदै मुद्दा दायर गरेका थिए ।
शकिब अल हसनले आफ्नो अन्तिम टेस्ट खेल २०२४ को अन्तमा कानपुरमा भारत विरुद्ध खेलेका थिए । शंकास्पद बलिङ एक्सनका कारण उनलाई सबै फर्म्याटबाट प्रतिबन्ध लगाइएको छ ।
अमेरिकामा बस्ने साकिब जनवरी ७, २०२४ मा बंगलादेशी पार्टी अवामी लिगबाट सांसद निर्वाचित भएका थिए। उनीविरुद्ध इन्टरनेशनल फाइनान्स इन्भेष्टमेन्ट एन्ड कमर्स (आइएफआईसी) बैंकले मुद्दा दायर गरेको थियो ।
३७ वर्षीय अनुभवी खेलाडी शकिबले बंगलादेशका लागि अहिलेसम्म ६७ टेस्ट, २४७ एकदिवसीय र १२९ टी-२० खेल खेलेका छन् । यस अवधिमा शकिबले टेस्टमा ४५०५ रन र २३७ विकेट लिएका छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा शकिबको नाममा ७५७० रन र ३१७ विकेट छन् । उनले टी–२० अन्तर्राष्ट्रियमा २५५१ रन बनाउनुका साथै १४९ विकेट लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनमा ‘जनमत संग्रह सिफारिस’ले भड्किए पुराना दल
-
कास्कीको किम्रुङ खोलामा आएको बाढीले पुल बगायो, ४० घर प्रभावित
-
भारतका विमानस्थल प्रयोग गरेर वैदेशिक रोजगारीमा पठाउने १५९ मेनपावर कारबाहीमा
-
बझाङ दुर्घटनाका ५ जना घाइतेलाई हेलिकोप्टरमार्फत नेपालगञ्ज ल्याइयो
-
मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ र प्रदेशका संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन
-
आगाे र आन्दाेलनले उब्जाएकाे प्रश्न : नागरिक राज्यसँग किन यति निराश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण