रवि अर्यालले जिते एमजी कमेट ईभी
काठमाडौं । केएल दुगड ग्रुप अन्तर्गतको स्मार्ट एप्लायन्सेस् प्रा.लि.ले ‘स्काईवर्थ सपना साकार’ क्याम्पेनको बम्पर उपहार विजेता घोषणा गरेको छ ।
लाजिम्पाटस्थित होटल एम्बास्डरमा आयोजित एक विशेष कार्यक्रममा एमजी कमेट ईभी कार विजेता काठमाडौंका रवि अर्याललाई उक्त कारको साँचो हस्तान्तरण गरिएको हो । साथै उपहारमा लाग्ने २५% कर कम्पनी आफैँले व्यहोर्ने पनि जनाइएको छ ।
स्मार्ट एप्लायन्सेस् प्रा.लि.को ‘स्काईवर्थ सपना साकार’ उपहार योजना २०८१ असोज १ देखि कात्तिक ३० सम्म संचालन गरिएको थियो । जसमा नेपालभरका ग्राहकहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए । बम्पर पुरस्कारका अगावै स्काईवर्थले साप्ताहिक लक्की ड्र मार्फत माइक्रोवेभ प्रदान गरिसकेको छ भने ४०% सम्मको आकर्षक छुटसहित आफ्ना प्रिमियम होम एप्लायन्सहरू पनि ग्राहकहरूलाई उपलब्ध गराएको थियो ।
यस अवसरमा स्काईवर्थका डेपुटी जेनेरल म्यानेजर अमित बज्राचार्यले भने, “हामी रवि अर्यालज्यू लगायत अन्य साप्ताहिक विजेताहरुलाई बधाई दिँदै यस क्याम्पेनलाई सफल बनाउन योगदान गर्ने सम्पूर्ण ग्राहकहरूलाई धन्यवाद दिन चाहन्छौं । स्काईवर्थ सधैं गुणस्तर र नवीनतालाई प्राथमिकतामा राख्दै अगाडि बढ्ने कुरा पनि हामी तपाईहरुलाई विश्वास दिलाउन चाहन्छौँ ।”
स्काईवर्थले उत्पादनमा नवीनता तथा गुणस्तरमा उत्कृष्टतालाई ध्यानमा राख्दै र ग्राहकको अनुभवलाई सधैं प्राथमिकता दिँदै आएकोले हरेक घर—परिवारमा आफ्नो विश्वास कायम राख्दै आएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण