मधेसका स्वास्थ्य मन्त्री सवार गाडी दुर्घटना, तीन जना घाइते

जनकपुर । मधेस प्रदेशका स्वास्थ्य मन्त्री शत्रुघनप्रसाद सिंह सवार गाडी दुर्घटनामा परेको छ । जनकपुरको रामानन्द चोकमा खानेपानी डिभिजन कार्यालयको गाडी र स्वास्थ्य मन्त्री सिंह सवार गाडी ठोक्किँदा दुर्घटना भएको हो ।
गाडीको ठक्करबाट स्वास्थ्य मन्त्री सिंहसहित तीन जना घाइते भएको जनकपुर प्रहरीले जनाएको छ । स्वास्थ्य मन्त्री सिंहको छाती र पिठ्युँमा चोट लागेको जनकपुर प्रहरी प्रवक्ता वरुण सिंहले जनाए । तर अवस्था खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ ।
घाइते मन्त्रीको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मधेस प्रदेशको ०२–००१ झ ०१६५ नम्बरको स्वास्थ्य मन्त्री सवार गाडीलाई मधेस प्रदेशकै ०३–००१ झ ००९६ नम्बरको खानेपानी डिभिजन कार्यालय पर्साको गाडीले ठक्कर दिएको हो ।
अन्य दुई जना घाइतेको पनि प्रादेशिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ प्रतिशत दलित समुदायलाई १ प्रतिशत बजेट !
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
संघीय संसद्को दुवै बैठक बस्दै : सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल
-
सुनाखरी मध्यवर्ती सामुदायिक ‘होमस्टे’मा पहुना आकर्षित हुँदा व्यवसायी उत्साहित
-
२ सय पटक सर्पले टोकेपछि मान्छेको रगतमै बन्यो एन्टिभेनम
-
जेलेन्स्कीले भने- दबाब बिना रुसले युक्रेनसँगको युद्ध अन्त्य गर्दैन