खेम सेन्चुरीलाई शिव परियारको सुझाव : अरू जस्तो बन्ने प्रयास नगर्नु
काठमाडौँ । गायक शिव परियारले आफूलाई छोडेर अरू जस्तो बन्ने प्रयास नगर्न खेम सेन्चुरीलाई सुझाएका छन् । भ्वाइस अफ नेपालमा जर्जको रुपमा बर्जर बजाउने सिलसिलामा उनले खुट्टाले बर्जर थिचेको विषय सामाजिक सञ्जालमा व्यापक आलोचना हुन थालेपछि परियारले यस्तो सुझाव दिएका हुन् । खुट्टाले बर्जर थिच्ने नक्कल उनले अरू कसैबाट गरेको परियारको धारणा छ ।
‘खेम भाइ भिडियो हेर्दा अलिकति अस्वाभाविक चैँ मलाई पनि लाग्यो है । भविष्यमा आफूलाई छोडेर अरू कोही जस्तो बन्ने चेष्टा नगर्नु’, परियाले सामाजिक सञ्जाल मार्फत भनेका छन् ‘मौलिक खेम सेन्चुरी नै नेपाली लोकसंगीतलाई प्रिय अनि आवश्यक छ । आफूलाई छोडेर अरुजस्तो बन्ने प्रयास गर्दा प्रायः नकारात्मक अवस्थाहरु भोग्नुपर्ने हुन्छ । भाइ जत्तिको कलाकारले आगामी दिनमा बिचार गर्नुपर्छ ।’
परियारले सङ्गीतमा केही बखेडा हुने बित्तिकै जात, धर्म, वर्गमाथि प्रहार हुने भन्दै प्रहार रोकिनुपर्ने धारणा समेत राखेका छन् ।
‘मैले पढेको सङ्गीतको शास्त्रमा सङ्गीतको कुनै जात, धर्म, वर्ग, रङ्ग र भूगोल हुँदैन भनेर नै लेखिएको छ । म त्यही शास्त्रको लेखाई अनुसार नै सङ्गीतमा जीवन बाँच्ने यात्रा मै छु, प्रयास गरिरहेको छु’, उनले अगाडि भनेका छन् ‘तर मेरो देशमा सङ्गीतकर्मी कलाकारको केहि बखेडा आउनसाथ सुरुमा जात र वर्गमा नै प्रहार गर्ने गरिएको छ । यस पटक कलाकार खेम सेन्चुरी भाइको हकमा पनि यस्तै भयो । परियारले सामाजिक सञ्जालमा जात भनेर गाली गर्नेहरू सङ्गीतका श्रोता नभएर जातका श्रोता र हिमायती भएको टिप्पणी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेती नदीमा महिलाको शव फेला
-
कृषि मन्त्रालयको १०० दिने प्रगति: कार्बन व्यापारदेखि किसानको भुक्तानीसम्म
-
विश्वकपमा अर्जेन्टिनालाई विशेष सुविधा दिइँदैछ ? आरोपका पछाडि यस्ता छन् कारण
-
सुकुमबासीलाई ५ दिनभित्र हटाउने अल्टिमेटम तत्काल फिर्ता लिन सांसद हरिनादेवीको माग
-
प्रतिनिधिसभा नियमावली विपक्षीका लागि मात्रै हो कि सत्तापक्षका लागि पनि ?
-
सरकारलाई सांसदको प्रश्न : सुकुमबासी जनता हुन् कि होइनन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण