राष्ट्रपति बनेको पहिलो दिन रुस–युक्रेन युद्ध रोक्ने दाबीमा ट्रम्पले के भने ?
मङ्गलबार, ०८ माघ २०८१, १२ : ०५
वासिङ्टन डिसी । डोनाल्ड ट्रम्प जनवरी २० मा अमेरिकाको ४७ औँ राष्ट्रपति बनेका छन् । राष्ट्रपति बनको पहिलो दिन नै रुस–युक्रेन युद्ध रोक्छु भन्ने आफ्नो पुरानो दाबीमाथि प्रतिक्रिया दिएका छन् । ‘आधा दिन मात्र बित्यो । मसँग अझै आधा दिन बाँकी छ । के हुन्छ हेरौँ न ।’ राष्ट्रपति कार्यालयमा पत्रकारहरूले ट्रम्पलाई यस विषयमा प्रश्न गर्दा उनले भनेका थिए ।
‘मैले बुझेसम्म युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की युद्ध अन्त्य गर्न रुससँग सम्झौता गर्न चाहन्छन्,’ ट्रम्पले पत्रकारहरूलाई भने । ‘धेरैजसो मानिसहरूले रुस–युक्रेन युद्ध एक हप्तामै समाप्त हुनेछ भन्ने सोचेका थिए । यो युद्ध समाप्त भयो भने जेलेन्स्कीको लागि धेरै राम्रो हुनेछ भन्ने मलाई लाग्छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका सय दिन : एक चलचित्रलाई सम्मान, एक हललाई अनुमति
-
सहसचिवको दरबन्दी भएका जिल्लामा उपसचिवलाई बनाइयो सीडीओ
-
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विनास्रोत बजेटमा छिरे ५ अर्ब लागतका ९१ योजना, बल्ल स्रोत सहमति खोजिँदै (हेर्नुहोस् सूची)
-
सरकार प्रेस स्वतन्त्रता सङ्कुचन गर्नेतर्फ छैन : सञ्चारमन्त्री
-
किसान सूचीकरण तीव्र, २६ लाख ४५ हजार किसान प्रणालीमा आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण