लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विधेयकमाथिको छलफल सकियो
बुटवल । लुम्बिनी प्रदेश सभामा पेस भएको लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएको छ । मंगलबार बसेको प्रदेश सभा बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएको हो ।
मुख्यमन्त्री चेतनारायण आचार्यका तर्फबाट सहरी विकास तथा खानेपानीमन्त्री सरोज थापाले सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । बैठकमा तीन जना प्रदेश सभा सदस्यले भाग लिए ।
प्रदेश सभा सदस्य यमुना रोका तामाङले भौगोलिक विविधताको आधारमा समावेशी प्रतिनिधित्व र सहभागिताको सुनिश्चितताको व्यवस्था गर्न अनुरोध गरिन् । यस्तै यमबहादुर नेपालीले प्रदेशमा कार्यरत कर्मचारीलाई मात्रै नभई निर्वाचित जनप्रतिलाई पनि विभिन्न विषय र सवालमा प्रशिक्षण आवश्यक पर्ने बताए । अनुसन्धान र प्रशिक्षण छुट्टै विधा भएकाले नाममा एकरूपता ल्याउन उनले आग्रह गरे ।
भूवनेश्वर चौधरीले प्रदेशको समृद्धिका लागि कानुनलाई बलियो बनाउनुपर्ने बताए । सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री थापाले सुझावहरूलाई आत्मसाथ गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण