'वसन्त'लाई लिएर उत्साहित प्रभात
बुधबार, ०९ माघ २०८१, ०७ : २९
काठमाडौँ । फिल्म वसन्तको 'साँझ पर्यो झमक्कै' गीत यतिवेला चर्चामा छ । एक हप्ताअघि रिलिज भएको यो गीत केही दिन यता ट्रेन्डिङको शीर्ष स्थानमा छ ।
उक्त गीतमा प्रकाश सपुतसँगै अर्का एक जना पुरुष कलाकार बारम्बार देखा पर्छन् । उनी हुन प्रभात पाल ठकुरी । सहायक भूमिकामा रहेका उनी सार्वजनिक गीतबाटै नोटिसमा परेका छन् ।
'वसन्त'लाई लिएर उत्साहित प्रभात आफ्नो मेडिकल क्षेत्रको उचाइलाई लत्त्याएर सिनेजगत रोजेका हुन् । वसन्त अघि उनको मुख्य भूमिका रहेको 'सरी मम' सिनेमा सार्वजनिक भएको थियो । 'डिसेम्बर फल्स' र 'नमेटिने घाउ'मा पनि प्रभातले महत्त्वपूर्ण भूमिका निभाएका थिए ।
पछिल्लो समय म्युजिक भिडियोमा प्रभातको व्यस्तता लोभलाग्दो छ । पछिल्लो समयको 'कन्या राशि' गीतले उनलाई अझ दर्शक माझ चिनाउन सफल भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजारमा छ्याप्तीछ्याप्ती गुणस्तरहीन मह, पहिचान कसरी गर्ने ?
-
टोकियोमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स’ हुँदै
-
हामी बालेनको पुलिस होइनौँ भन्ने डीएसपी चौधरीलाई स्पष्टीकरणका लागि जिल्ला बोलाइयो
-
सवारी दुर्घटनामा चालककाे मृत्यु
-
रोकिएन इरानमाथि अमेरिकाको हवाई आक्रमण, संकटमा युद्धविराम सम्झौता
-
विश्वकप फाइनल हाफटाइम शोमा जस्टिन बिबर पनि सहभागी हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण