कांग्रेस बागमती सभापति बानियाँ र राजदूत डा.शर्माबिच भेटवार्ता
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ र भारतका लागि नेपाली राजदूत डा.शङ्कर शर्माबिच भेटवार्ता भएको छ । भारत भ्रमणमा रहेका सभापति बानियाँ र राजदूत डा.शर्माबिच भारतीय राजदूतावासमा बुधवार बिहान भेटवार्ता भएको हो ।
भेटमा सभापति बानियाँ र राजदूत डा.शर्माबिच भारतमा रहेका नेपालीहरूको विभिन्न समस्या र समाधानका विषयमा छलफल भएको जनाइएको छ । भारतमा बसेर व्यवसाय गरिरहेका व्यवसायीहरूको समस्या र नेपालबाट स्वास्थ्य उपचारका लागि आउँदा ब्योहोर्नु परेका समस्या समाधानका बारेमा नेता बानियाँ र राजदूत डा.शर्माबिच छलफल भएको सभापति बानियाँको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार पूर्व गृह राज्यमन्त्रीसमेत रहेका बानियाँले भारतमा कार्यरत नेपाली मजदुर, विभिन्न व्यवसाय गरी बसेका व्यवसायीहरूको उपचार, दुर्घटनामा परी घाइते तथा मृत्यु भएका परिवारले व्यहोर्नुपर्ने झन्झटिलो प्रक्रियाको छिटो समाधानका उपाय र नेपालीहरूको स्वास्थ्य बिमाको प्रक्रिया बारेमा राजदूत शर्मासँग छलफल गरेका थिए ।
भारतका लागि नेपाली राजदूत डा.शर्माले दुई देशबिच गहिरो मित्रता रहेकाले भारत सरकारबाट नेपालीहरूको स्वास्थ्य उपचारमा आवश्यक सहयोग पाइरहेको र केही समस्या परेमा राजदूतावासमा सम्पर्क गर्नसमेत छलफलमा आग्रह गरे । नेपाली व्यवसायीहरूको विभिन्न समस्या समाधानका लागि भारत सरकारसँग आवश्यक समन्वय गर्ने उनले बताए ।
राजदूतावासमा भएको छलफलमा नेता बानियाँसहित कांग्रेस बागमती प्रदेश कानून तथा संसदीय मामिला विभाग प्रमुख सानुकान्छा श्रेष्ठ, राजदूतावासका सहसचिव सुरेन्द्र थापा, श्यामराज पाण्डे, अर्जुन धरेल तथा व्यवसायीहरूको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण