आफूलाई गोलीबाट बचाउने ‘कमान्डो’ लाई ट्रम्पले बनाए सेक्रेट सर्भिसका प्रमुख
वासिङ्टन डीसी । अमेरिकाको पेनिसल्भेनिया राज्यमा चुनावी र्यालीका क्रममा जुलाई महिनामा डोनाल्ड ट्रम्पको हत्या प्रयास भएको थियो । ट्रम्पको भाग्य बलियो थियो कि सो घटनामा आक्रमणकारीले हानेको गोलीले ट्रम्पको कानलाई चुस्स छोएर मात्रै गयो ।
सो घटनामा ट्रम्पको सुरक्षामा खटिएका सेक्रेट सर्भिसका कमान्डोमध्ये एक सिन कुर्रानलाई ट्रम्पले अमेरिकाको गोप्य सेवाको निर्देशक बनाएका छन् । उक्त घटना लगत्तै ट्रम्पलाई घेरेर सुरक्षित रूपमा बाहिर निकाल्ने कमान्डोमध्ये कुर्रान पनि एक थिए ।
आक्रमणकारीले हानेको गोलीबाट आफूलाई बचाउन आफ्नै ज्यान जोखिममा राखेर कुर्रानले आफ्नो निर्भक साहसलाई प्रमाणित गरेको ट्रम्पले एउटा विज्ञप्तिमा भनेका छन् । कुर्रानले अमेरिकाको सेक्रेट सर्भिसलाई पहिलाको भन्दा बलियो बनाउँछन् भन्नेमा आफ्नो पूरा पूरा विश्वास रहेको पनि ट्रम्पले भनेका छन् । ट्रम्पमाथि आक्रमण भएपछि सेक्रेट सर्भिसको निकै आलोचना भएको थियो ।
यसपछि सेक्रेट सर्भिसका तत्कालीन निर्देशक किम्बर्ली चिटलले राजिनामा दिएका थिए । त्यसयता रोन रोवेले सोको कार्यवाहक निर्देशकको कार्यभार सम्हालिरहेका छन् । कुर्रानले रोवेलाई विस्थापित गर्नेछन् । कुर्रानले २००१ देखि सेक्रेट सर्भिसको नेवार्क फिल्ड
अफिसमा विशेष एजेन्टको रूपमा करियर सुरु गरेका थिए । आफ्नो पहिलो कार्यकालमा पनि कुर्रानले राष्ट्रपतिको सुरक्षा एकाइका सहायक विशेष एजेन्टको रूपमा काम गरेको ट्रम्पले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपान्तरणको हाइवे कि विरोधाभासको सुरुङ ?
-
तिङ्करको १ नम्बर सीमा स्तम्भमै अभिनेता खड्काको पुस्तक विमोचन
-
ट्रकमा फल्स बटम बनाई लुकाइछिपाई राखेको गाँजासहित दुई जना नियन्त्रणमा
-
डोल्पामा पहिरोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु, चार जना घाइते
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
असन्तुष्ट छ रास्वपाभित्रको मधेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण