प्राचीन सम्पदाहरूलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरी आर्थिक समृद्धिमा जोड्नुपर्छ : मुख्यमन्त्री लामा
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्राचीन सम्पदाहरूलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरी आर्थिक समृद्धिमा जोड्नुपर्ने बताएका छन् । बिहीबार ऐतिहासिक मकवानपुरगढीको २६२ विजय उत्सव समारोहलाई सम्बोधन गर्दै उनले पुरातात्त्विक महत्त्व बोकेका गढी तथा सम्पदाहरूलाई संरक्षण गर्दै नागरिकहरूको आयआर्जनमा जोड्न जरुरी रहेको बताएका हुन् ।
मुख्यमन्त्री लामाले संरक्षण अभावमा इतिहास जोडिएको क्षेत्रहरू जीर्ण अवस्थामा पुगेको बताए । उनले इतिहासका अवयवहरूलाई व्यवस्थित रूपमा विकास र प्रवर्द्धन गर्नु जरुरी रहेको बताए । मकवानपुरगढीमा इतिहासबारे जानकारी दिने र आएका पर्यटकलाई भुल्याउने प्रकृतिका संरचनाहरू निर्माण गरेर नागरिकहरूको जीवनस्तरमा जोड्नु अहिलेको आवश्यकता रहेको उनले औँल्याए । प्रदेशको उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा मकवानपुरगढी दरबार क्षेत्रको विकास तथा संरक्षणको वृहत् योजना बनाएर अघि बढ्नुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण