बालविवाह मुक्त नेपालका लागि मुख्यमन्त्री लामाको प्रतिबद्धता
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले बालविवाह मुक्त नेपालका लागि प्रतिबद्धता व्यक्त गरेका छन् । बाल विवाहमुक्त नेपालका लागि जस्ट राइट्स फर चिल्ड्रेन इन नेपालका प्रतिनिधि तथा बालबालिका माझ उनले प्रतिज्ञा पत्रमा हस्ताक्षर गरेका हुन् ।
आफू र आफ्नो सरकार बालविवाह मुक्त अभियानमा प्रतिबद्ध रहेको उनले बताए । मुख्यमन्त्री लामाले यसअघि नै बागमती सरकारले बालविवाह मुक्त गर्नका लागि नीति र कानुनहरू बनाइसकेको पनि बताए । ‘हामीले यसअघि नै कानुनहरू बनाइसकेका छौँ । स्थानीय तहहरूमा पनि नीति र कानुनहरू बनाउँदैछौ ।’ उनले भने– ‘कानुनी र संवैधानिकरुपमै हामी बालविवाह मुक्त प्रदेशका लागि प्रतिबद्ध छौँ ।’
हस्ताक्षर समारोहमा सामाजिक अभियान्ताहरु बालकृष्ण पाण्डे, डा.गंगाधर अधिकारी र देवकी रेग्मीलगायत सहभागी थिए । सन् २०३० सम्म बालविवाह मुक्त नेपाल घोषणा गरिसक्नका लागि गत पुस १६ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेर अभियानको सुरुवात गरेका थिए ।
त्यसपछि सङ्घीय महिला, बालबालिका तथा जेठ नागरिक मन्त्री तथा सातै प्रदेश सरकारका सामाजिक विकास मन्त्रीहरूले संयुक्त रूपमा राष्ट्रिय अभियानको सुरुवात गरेका थिए । विश्वव्यापी यो अभियान ३ महादेशका करिब २८ राष्ट्रहरूमा सञ्चालित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडित र सरकारबिच ९ बुँदे सहमति, आन्दोलन स्थगित
-
अन्तरिक्षमा भारतको नयाँ फड्को
-
भारतमा पहिलो हाइड्रोजन रेल सञ्चालनमा, माेदीले गरे उद्घाटन
-
रासायनिक मल सरकारको दीर्घकालीन प्राथमिकता होइन : मन्त्री चौधरी
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण