बर्तौलाको आरोप– वनका सचिवले मयुरधाप औद्योगिक क्षेत्र तुहाउन खोजे
काठमाडौँ । नेकपा एमालेका मुख्य सचेतक महेश कुमार बर्तौलाले वनका सचिवहरूले मयुरधाप औद्योगिक क्षेत्रको योजना तुहाउन खोजेको आरोप लगाएका छन् । उनले मध्यवर्ती क्षेत्रको नाममा वनका सचिवले औद्योगिक क्षेत्र निर्माणको योजना तुहाउने काम गरिरहेको बताएका हुन् ।
हेटौँडामा शनिबार पत्रकारहरूसँगको भेटघाटमा मुख्य सचेतक बर्तौलाले देशको अर्थतन्त्र र नागरिकको रोजगारीसँग जोडिएको गौरवको आयोजना मयुधारपको औद्योगिक क्षेत्रलाई वन र निकुञ्जको विभिन्न प्रावधान लगाएर रोक्न खोजेको बताए । देशको क्याबिनेटबाट पारित गरी सबै प्रक्रिया पूरा गरी कार्यान्वयनको चरणमा रहेको उक्त योजनाको औचित्य र आवश्यकताको विषयमा प्रश्न गर्दै वनको सचिव स्तरका कर्मचारीले रोक्ने काम गरेको उनको भनाई छ ।
‘गौरवको आयोजना सञ्चालनमा निकुञ्ज र वनका कर्मचारीको दादागिरी देखिएको छ । मयुरधाप औद्योगिक क्षेत्रको योजना तुहाउने रणनीति अनुसार वनका सचिवले सूचना जारी गरिएको छ,’ उनले भने, ‘२०७२ सालमा घोषणा भएर विभिन्न प्रक्रिया सहित जग्गा भोगाधिकार समेत पाएर अघि बढेको सो आयोजनाको औचित्य र आवश्यकता बारे प्रश्न गर्दै वन र निकुञ्जको कर्मचारी पत्र जारी गरिएको छ ।’
औद्योगिक क्षेत्रका पुनः सम्भाव्यता अध्ययन गर्नुपर्ने भन्दै गत पुस ९ मा सचिव स्तरको निर्णयसहित सार्वजनिक सूचना जारी हुनुले देशको सिस्टममा ब्यूरोकेसीको दबदबालाई स्पष्ट पारेको उनले बताए । मध्यवर्तीको नाममा लगातारको असहयोग सह्य नहुने उनले बताए ।
मध्यवर्ती क्षेत्रमा परेको भन्दै मयुरधाप औद्योगिक क्षेत्र सञ्चालन प्रक्रिया अगाडि बढाउन अवरोध हुने गरी वन मन्त्रालयबाट पत्र प्रेषित हुनु दुखद रहेको उनको भनाई छ । मयुरधाप औद्योगिक क्षेत्र सञ्चालनमा ल्याउने र नयाँ उद्योग कलकारखाना स्थापना गरि रोजगारी का अवसरहरू सिर्जनाको वातावरण बनाउन सक्रिय हुनुपर्ने उनले बताए ।
राजनीतिक नेतृत्व नीतिगत निर्णय विपरीत कर्मचारीहरूबाट औद्योगिक क्षेत्रको विषयमा असहयोग हुनु उपयुक्त नरहेको उनको भनाई छ । सो विषयमा जनस्तरबाट समेत बलियो खबरदारी अपरिहार्य रहेको मुख्य सचेतक बर्तौलाले बताए ।
उनले मयुरधापमा औद्योगिक क्षेत्र निर्माण गरेर नागरिकको आयस्तर सुधार गर्न युवाहरूलाई रोजगारी अवसर दिनु पर्ने जिकिर गरे । मयुरधाप औद्योगिक क्षेत्र सञ्चालनले रोजगारी सृजना मात्र नभई राज्यलाई अर्बौँ रुपैयाँ राजस्व सङ्कलनको अवस्था निर्माण हुने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मल सरकारको दीर्घकालीन प्राथमिकता होइन : मन्त्री चौधरी
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण