तारकेश्वरमा गहनासहित धनमाल चोरी
शनिबार, १२ माघ २०८१, १६ : ११
काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका-६ जरङ्खु पैयुटारमा शुक्रबार दिउँसो चोरी भएको छ । बङ्गलामुखी मन्दिर नजिक डेरा गरी बस्ने धादिङ नीलकण्ठ नगरपालिका-१४ घर भएकी ३५ वर्षीया सिता तामाङको कोठामा चोरी भएको हो ।
कोठाबाट सुनका विभिन्न गरगहना समेत गरी करिब ६ लाख ५६ हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरिक्षमा भारतको नयाँ फड्को
-
भारतमा पहिलो हाइड्रोजन रेल सञ्चालनमा, माेदीले गरे उद्घाटन
-
रासायनिक मल सरकारको दीर्घकालीन प्राथमिकता होइन : मन्त्री चौधरी
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण