काभ्रेको फूलबारीमा फुटबल प्रतियोगिता
काभ्रे । काभ्रेको फूलबारीमा फुटबल प्रतियोगिता सुरु भएको छ । नमोबुद्द मानेगाँउ युवा क्लब, मानेगाउँको आयोजनामा दोस्रो नमोबुद्ध सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको हो ।
नकआउटका आधारमा खेलाइने प्रतियोगितामा १९ टिमको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष उत्तर ध्वज लामाले जानकारी दिए । बागमती प्रदेशका पूर्व खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थ लामाले प्रतियोगिता उद्घाटन गरे ।
उनले खेलकुदले युवाहरूमा एकता कायम गर्न सहयोग पुग्ने धारणा राखे । उनले खेलकुदमार्फत अनुशासनले नै मानिसलाई सफल बनाउने बताए । उनले उक्त खेलमैदानमा पूर्वाधार विकासको लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
नमोबुद्ध नगर प्रमुख कुनसाङ लामाले खेलकुद विकासको लागि नगर प्रतिवद्ध रहेको बताउँदै अन्तर्राष्ट्रिय खेल खेल्ने जनशक्ति उत्पादन गर्नुपर्ने धारणा राखे । उनले विपद् लगायत अन्य कुरामा केन्द्रित हुनुपर्दा खेल क्षेत्रमा पर्याप्त सहयोग गर्न नसकेको स्विकार्दै आगामी दिनमा सहयोगको प्रतिबद्धता जनाए ।
रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले खेलमार्फत सो स्थानको पर्यटन प्रवर्द्धनका साथै व्यक्तित्व विकास हुने तर्क गरे । उद्घाटन खेल आयोजक नमोबुद्ध मानेगाउँ युवा क्लबको ए टिम र नमोबुद्ध ११ बिच भएको थियो ।
उद्घाटन खेलमा आयोजक नमोबुद्ध मानेगाँउ युवा क्लब र नमोबुद्ध ११बीच भएको खेलमा आयोजक नमोबुद्ध मानेगाँउ युवा क्लबले २–१ ले जित हासिल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण