बसुन्धरामा यात्रुवाहक बसले ठक्कर दिँदा स्कुटर चालक घाइते
शनिबार, १२ माघ २०८१, २० : ३६
काठमाडौँ । काठमाडौँको चक्रपथ सडक खण्डको बसुन्धरामा सवारी दुर्घटना हुँदा एक जना चालक घाइते भएका छन् । शनिबार साँझ पाँचपोखरी सुनौलो यातायातको बा ३ ख ९४४१ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा बागमती प्रदेश ०२–०४१ प २६६० स्कुटर सवार चालक गम्भीर घाइते हुन् ।
साँझ ८ बजेतिर भएको सो दुर्घटनामा बस चालक र सहचालक फरार भएका छन् । उनीहरु बसलाई सडकमै छोडी फरार भएका हुन् । फरार चालक र सहचालकको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
-
मिटरब्याज पीडित र सरकारबिच ९ बुँदे सहमति, आन्दोलन स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण