संसद् अधिवेशनको तयारी
सभामुख घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै
आइतबार, १३ माघ २०८१, ११ : ०२
काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्को आसन्न अधिवेशनको तयारी सन्दर्भमा राजनीतिक दलका प्रमुख तथा मुख्य सचेतकहरूसँग छलफल गर्ने भएका छन् ।
आज बिहान ११ बजे सत्तापक्षका मुख्य तथा प्रमुख सचेतकसँग छलफल हुने भएको छ । आजै दिउँसो २ बजे प्रमुख प्रतिपक्ष तथा प्रतिपक्षी दलका प्रमुख सचेतकसँग छलफल गर्ने कार्यतालिका छ ।
भोलि बिहान ११ बजे प्रमुख पाँच दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग सिंहदरबारमा छलफल हुनेछ भने मंगलबार दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरबारमा तय गरिएको छ ।
विधेयक रहेका संसदीय समितिका सभापतिसँग पनि सभामुख घिमिरेले अलग–अलग संवाद पनि गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण