संसद् अधिवेशनको तयारी
सभामुख घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै
आइतबार, १३ माघ २०८१, ११ : ०२

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्को आसन्न अधिवेशनको तयारी सन्दर्भमा राजनीतिक दलका प्रमुख तथा मुख्य सचेतकहरूसँग छलफल गर्ने भएका छन् ।
आज बिहान ११ बजे सत्तापक्षका मुख्य तथा प्रमुख सचेतकसँग छलफल हुने भएको छ । आजै दिउँसो २ बजे प्रमुख प्रतिपक्ष तथा प्रतिपक्षी दलका प्रमुख सचेतकसँग छलफल गर्ने कार्यतालिका छ ।
भोलि बिहान ११ बजे प्रमुख पाँच दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग सिंहदरबारमा छलफल हुनेछ भने मंगलबार दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरबारमा तय गरिएको छ ।
विधेयक रहेका संसदीय समितिका सभापतिसँग पनि सभामुख घिमिरेले अलग–अलग संवाद पनि गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावककै बर्चस्व
-
बुण्डेस लिगामा बायर्न म्युनिख र बायर लिभरकुजेन गोलविहिन
-
ला लिगामा रियाल र एटलेटिको मड्रिड दुबैलाई ठक्कर, बराबरीले घट्यो अंक दुरी
-
प्रिमियर लिग : आर्सनल जित्दा नटिङघमलाई झट्का
-
प्रिमियर लिगमा म्यान्सिटीको फराकिलो जित, उमरले गरे ह्याट्रिक
-
सात दिन, सातै प्रदेश, सात म्याराथन