श्रीमती र दाइको हत्या गरेको अभियोगमा दुई जना पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले हत्या अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमाथि श्रीमती र दाइको हत्या गरेको आरोप छ ।
धनुषामा आफ्नै श्रीमती २३ वर्षीया सङ्गीता ठाकुरको हत्या गरेको अभियोगमा धनुषाधाम नगरपालिका-५ पर्वता टोल बस्ने २५ वर्षीय देवलाल ठाकुरलाई गए राति प्रहरीले पक्राउ गरेको छ । देवलालले गजबार प्रहार गर्दा सङ्गीताको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धनुषाधाम र प्रहरी चौकी उमाप्रेमपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उता कैलालीमा आफ्नै दाइ ३५ वर्षीय लाल बहादुर बोहराको हत्या गरेको अभियोगमा धनगढी उपमहानगरपालिका-१७ धुर्जन्ना दिपनगर टोल बस्ने ३० वर्षीय प्रकाश बोहरालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रकाशले विवादको क्रममा कैँची प्रहार गर्दा गम्भीर घाइते भएका लाल बहादुरको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कनरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन–रुसद्वारा संयुक्त नौ सैनिक अभ्यास र सामुद्रिक गस्ती
-
सरकारले विधि र प्रक्रियाभन्दा कानुन विपरीतका काम गर्न लाग्यो : गगन थापा
-
सरकार नागरिकको 'लाइफ' भन्दा सामाजिक सञ्जालको 'लाइक' मा बढी केन्द्रित भयो : गगन थापा
-
लुम्बिनी लायन्सको मुख्य कार्यकारी अधिकृतमा सन्देश कटवाल नियुक्त
-
१५ कार्य दिनमा १४६ निजामती कर्मचारीको राजीनामा
-
दोलखाको वैतेश्वरमा आगलागी : एक घर जलेर नष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण