'भन्सार क्षेत्रको सुधारका लागि पहल भइरहेको छ'
काठमाडौँ । ७३औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयको कार्गो प्राङ्गणमा एक कार्यक्रम सम्पन्न भएको छ ।
त्रिवि भन्सार कार्यालय, भन्सार एजेन्ट संघ काठमाडौँलगायतले भन्सार दिवसको अवसरमा गरेको उक्त कार्यक्रममा आयात निर्यातमा संलग्न व्यवसायी, भन्सार विभागका महानिर्देशक, भन्सार एजेन्टलगायतको उपस्थिति रहेको थियो ।
भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष दिनेशलाल श्रेष्ठ, उपाध्यक्ष जयप्रसाद शिवाकोटी, नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक जगन्नाथ निरौला, नेपाल भन्सार एजेन्ट महासंघका पूर्व अध्यक्ष भरतराज घिमिरे निर्यात संघ, कार्गो कुरियर संघ, निर्यात परिषद्लगायतका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले समग्र भन्सार क्षेत्रको सुधारका लागि आफू दत्तचित्त भएर लागेको बताए । यस्तै त्रिवि भन्सार कार्यालयका कार्यालय प्रमुख महेश बरालले त्रिवि भन्सार कार्यालयमा थुप्रै समस्या रहेको बताउँदै सुधारका लागि आफूले पहल गरिरहेको बताए ।
कार्यक्रममा उद्योग वाणिज्य संघलगायतका प्रतिनिधिहरूले आआफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा उत्कृष्ट कर्मचारी, खेलाडी, भन्सार एजेन्ट , निकासीकर्तालगायतलाई सम्मान गरिएको थियो । सम्मानित हुने कर्मचारीहरूमा डिलुप्रसाद अधिकारी, मिलन श्रेष्ठ, प्रिन्स पौडेल, मेनुका थापालगायत छन् । यस्तै दौड प्रतियोगितामा प्रथम , द्वितीय र तृतीय हुने धावकलाई नगदसहित पुरस्कार र सम्मान गरिएको भन्सार एजेन्ट संघ काठमाडौँका अध्यक्ष गौतम भट्टले नयाँ सडकलाई बताए ।
यस्तै भन्सार एजेन्ट शिव प्रसाद ढुंगानालाई सम्मान गरिएको थियो । कार्यक्रममा निकासीकर्ता छेवाङ डुल्लु लामालाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा भन्सार एजेन्ट संघ काठमाडौँले किरण जोशी, गोविन्द ढकाल, वासुदेव कोइराला ,बुद्ध राज खनाल , निकासीकर्ता रेशम पोखरेललगायतलाई सम्मान गरेको भन्सार एजेन्ट संघ काठमाडौँका सचिव होमनाथ धमलाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण