रातोपाटीमा १५०० रुपैयाँमै डिजिटल वर्गीकृत विज्ञापन राख्न सकिने
काठमाडौँ । डिस्कवरी न्युज नेटवर्कद्वारा सञ्चालित रातोपाटी डटकमले डिजिटल वर्गीकृत विज्ञापन राख्न मिल्ने सुविधा ल्याएको छ । उक्त वर्गीकृत विज्ञापन तोकिएको प्रक्रिया पूरा गरेर सम्बन्धित व्यक्ति आफैले रातोपाटीको वेबसाइटमा अपलोड गर्न सक्नेछन् ।
हाललाई १५०० रुपैयाँ तिरेर ४ दिनसम्म डिस्प्ले हुनेगरी वर्गीकृत विज्ञापन अपलोड गर्न सकिनेछ । साना व्यवसाय सञ्चालन गर्नेहरूका लागि यो सुविधा उपयोगी हुने विश्वास गरिएको रातोपाटीका प्रबन्ध निर्देशक अर्जुन पन्तले बताए। उनका अनुसार घर जग्गा, निर्माण सफाइ, चाहियो, मर्मत, भर्ना, सम्पर्क, भाडामा, मेशिन औजार, तालिम, उपचार, सवारी साधन, बिक्रीमा, पशुपक्षी, बिहाबारी जस्ता क्याटागोरीमा वर्गीकृत विज्ञापन राख्न मिल्ने छ । यस्तै यस्तो विज्ञापन राख्दा लाग्ने शुल्क इसेवा र नेपाल पेमार्फत सिधै तिर्न सकिनेछ । यस्तो विज्ञापन राख्दा १६० अक्षर सम्मको सीमा तोकिएको छ ।
वर्गीकृत विज्ञापन अपलोड गर्दा सबैभन्दा पहिला https://www.ratopati.com/classified/list मा जानुपर्छ । त्यसपछि 'विज्ञापन पोस्ट गर्नुहोस्'अप्सन थिचेर आफूलाई विज्ञापन राख्न परेको कोटी छान्नु पर्नेछ । त्यसपछि तोकिएको ठाउँमा विज्ञापनको विवरण र सम्पर्क राखेर अघि बढेसँगै रकम भुक्तानी गरेर प्रक्रिया पूरा गर्न सकिनेछ ।
रातोपाटीले पाठकको सुविधालाई मध्यनजर गर्दै विभिन्न सेवाहरू थप गर्दै आएको छ । जसअनुसार रातोपाटीमा पात्रो, रेडियो, गेम्ससहित रातोपाटी एप्समार्फत दैनिक जीवनउपयोगी विभिन्न सुविधा उपलब्ध रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण