पोस्टरमा यस्तो देखियो फिल्म ‘मौन’
काठमाडौँ । रिसर्चमा आधारित डकुड्रामा ‘मौन’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण गरिएको यस फिल्मलाई विभिन्न फेस्टिभल, च्यारिटी शो तथा विशेष प्रदर्शनमार्फत दर्शकमाझ पुर्याउने निर्माण युनिटले जानकारी दियो ।
पोस्टरमा फिल्मकी मुख्य पात्र प्रार्थना पाठकलाई फिचर्ड गरिएको छ । चर्चित कलाकारहरू सरोज खनाल र हिउँवाला गौतम लगायत भने लुकाइएको छ । पोस्टरसँगै फिल्मका मुख्य टिम सदस्यहरू पनि सार्वजनिक गरियो ।
फिल्मका निर्माता निर्देशक रामजी ज्ञवाली हुन् । ‘मौन’ कुनै व्यावसायिक प्रोजेक्ट नभएर एउटा वास्तविक जीवनसँग जोडिएको कथा, जसले समाजलाई सचेत गराउने निर्देशक ज्ञवालीले बताए । ज्ञवाली ‘मौन’ लाई १ सय ६८ मिलियनभन्दा बढी व्यक्तिहरूको यथार्थ कथा समेत भन्छन् ।
रामशरण पाठकको कथा रहेको फिल्ममा छायाङ्कन सङ्कल्प भुजेलको रहेको छ । सरोज खनाल, हिउँवाला गौतम, नवकलाकारहरू प्रार्थना पाठक, ओजस्वी विक्रम विष्ट, दिवस नाथ लगायतका कलाकार अभिनय रहेको फिल्मको सहायक निर्माता हरि क्षेत्री ‘भूपेन्द्र’ हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा अर्जेन्टिनालाई विशेष सुविधा दिइँदैछ ? आरोपका पछाडि यस्ता छन् कारण
-
सुकुमबासीलाई ५ दिनभित्र हटाउने अल्टिमेटम तत्काल फिर्ता लिन सांसद हरिनादेवीको माग
-
प्रतिनिधिसभा नियमावली विपक्षीका लागि मात्रै हो कि सत्तापक्षका लागि पनि ?
-
सरकारलाई सांसदको प्रश्न : सुकुमबासी जनता हुन् कि होइनन् ?
-
इतिहासकै सबैभन्दा रोमाञ्चक गोल्डेन बुट दौड : कसले मार्ला बाजी ?
-
प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण